३ कार्तिक २०८३, मंगलबार

अध्यक्ष ओलीले मिलाइदिए बाबुछोराको रामकहानी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kripashur_sherpaकाठमाडौं, १९ जेठ । पर्यटनमन्त्री कृपाशुर शेर्पा र उनलाई बाबु दाबी गरेका गणेश शेर्पाबीच तत्कालका लागि समझदारी भएको छ ।

एमाले अध्यक्ष केपी ओलीकै हस्तक्षेपमा गणेशलाई न्याय दिने गरी समझदारी भएको हो ।

गणेशले आफूले ३५ वर्षसम्म नागरिकता नपाएको भन्दै अदालत, दलित आयोग र एमाले मुख्यालयमा समेत उजरी दिएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

स्रोतका अनुुसार ओलीले कृपाशुर र गणेशलाई भेटेर सम्बन्धका बारेमा जानकारी लिएका थिए । भेटमा कृपाशुरले सम्बन्ध स्वीकार गरेको स्रोतले जनायो ।