३ कार्तिक २०८३, मंगलबार

सम्पूर्ण घरबेटीलाई एक महिनाको भाडा मिनाहा गरिदिन अनुरोध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-halla1काठमाडौं, १९ जेठ । राजधानीको जमलपछाडि डेरा लिएर बस्दै आएकी गोरखाकी ३० वर्षीया मीना छिनाललाई आफ्नो कोठामा जान घरबेटीको डर छ ।

टुँडिखेलमा बस्दै आएकी उनी १२ गतेको भुँइचालोपछि मुस्किलले २ पटक कोठामा पुगिन् ।

चर्केको घर, साँघुरो कोठा र भाग्ने ठाउँ कतै नभएको ठाउँमा ५ महिनाको काखे बच्चा लिएर कोठामा बस्ने आँट नआएको उनी बताउँछिन् ।

‘बच्चालाई खुवाउने दुधको बट्टा कोठामै छुटेकाले लिन गएकी थिएँ,’ उनले भनिन्, ‘घरबेटी आएर भाडा देऊ, नत्र कोठाको केही सामान झिक्न पाइँदैन भन्दै तथानाम गाली गर्न थालिन् ।ऋण खोजेरै भएपनि तपाईको भाडा तिर्छु भन्दा ‘२ महिनाको भाडा चाहियो नत्र निक्लेर जा’ भन्छिन् ।’

छिनालका श्रीमान सुन्दर गलैचा उद्योगमा काम गर्थे । भुँइचालो आएपछि उद्योगै बन्द भयो । ‘उद्योग खुल्यो कि भनेर श्रीमान् बेलाबेला बालाजुमा रहेको उद्योग गइरहनुहुन्छ,’ उनी सुनाउँछिन्, ‘आइतबार बेलुकासम्म खुलेको छैन ।’ खाना खर्चसमेत जुटाउन नसकेका बेला भाडा तिर्न नसकेको उनले बताइन् ।

भूकम्पपछि कीर्तिपुरमा बस्दै आएका उमेश सुवेदीलाई घरबेटीले कोठा छाड्न दबाब दिएको कान्तिपुर दैनिकले छापेको छ । केही समय कोठा नपाउन्जेलका लागि बस्न दिन अनुरोध गर्दा तुच्छ शब्द प्रयोग गर्दै गाली गरेपछि सुबेदीले प्रहरीमा निवेदन दिएका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालमानवीय संवेदना बुझेर सम्पूर्ण घरबेटीलाई एक महिनाको भाडा मिनाहा गरिदिन अनुरोध गर्ने तयारी भइरहेको बताउँछन् ।