२९ आश्विन २०८३, बिहिबार

धूमपान गरेको भेटिए सिधै जेलको बास ! यस्तो नयाँ कानुन, थाहा पाउनुहोस्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cigrete

बेइजिङ, १८ जेठ । खाना, सामाजिक कार्यक्रम तथा सामान्यतया सामाजिक जीवनमै धूमपान व्यापक देखिएको चीनमा हाल व्यापक भइरहेको स्वास्थ्य समस्या नियन्त्रण गर्ने आशाले यसको राजधानी बेइजिङले सोमबार सार्वजनिक स्थलमा धूमपानमा मुलुककै कडा प्रतिबन्ध लगाएको छ ।

बेइजिङमा अब सबै सार्वजनिक घरभित्र पनि धूमपानमा प्रतिबन्ध लगाइएको छ । यसमा कार्यालय, पसल, विमानस्थल, रङ्गशाला, विद्यालय तथा सार्वजनिक पार्क परेका छन् । बेइजिङको प्रमुख विमानस्थलमा धूमपानका लागि स्थापना गरिएका तीन कोठा बन्द गरिने छन् ।

यो कानुन तोड्नेलाई २०० युआन (३२ अमेरिकी डलर) जरिवाना लगाइने भएको छ । यसअघि आंशिक प्रतिबन्धमा १० युआन जरिवाना गरिन्थ्यो । अब रेस्टुराँ तथा अन्य व्यवसायका मालिक आफ्ना व्यावसायस्थलमा धूमपानमाथि प्रतिबन्ध पालना गराउन जिम्मेवार हुनेछन् । उनीहरूले यस्तो कार्य हुनदिए १० हजार युआन (एक हजार ६०० अमेरिकी डलर) जरिवाना तिर्नुपर्ने हुन्छ ।

सामान्य जनताले सोमबार यस प्रतिबन्धलाई समर्थन गरेका छन् । अब यो कानुन औपचारिक रूपमा कसरी पालना हुनेछ भनी हेर्न बाँकी छ ।

विश्व स्वास्थ्य सङ्गठनले चीनमा ३० करोड जनताले धूमपान गर्ने जानकारी दिएको छ । यसमा आधा पूरुष परेको बताइएको छ । यसका कारण ७४ करोड जनता अर्को व्यक्तिले गरेको धूमपानबाट प्रभावित हुने गरेको बताइएको छ । चीनमा फोक्सोमा अर्बुदका कारण प्रतिवर्ष १३ लाख मानिसको मृत्यु हुनेगर्छ । यो सङ्ख्या यस रोगबाट विश्वमा मर्ने व्यक्तिको सङ्ख्याको एक तिहाइ भएको बताइएको छ ।

अन्य नगरले पनि आंशिक रूपमा धूमपानमाथि प्रतिबन्ध लगाएका छन् र उमेर नपुगेका लाई चुरोट बेच्न यहाँ प्रतिबन्ध लगाइएको छ । यसो भए पनि यो कानुन कमै रूपमा लागु भएको देखिएको छ । रासस/एपी