लागोस, १८ जेठ । नाइजेरियाको दक्षिणपूर्वी भागमा एक पेट्रोल ट्याङ्करको नियन्त्रण गुमी एक व्यस्त बस बिसौनीमा ठक्कर दिँदा र त्यसबाट आगोको मुस्लो निस्कँदा ३७ व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले सोमबार दिएको छ ।
प्रहरी प्रवक्ता उचेना इजेले आइतबार उक्त दुर्घटना आनम्ब्रा राज्यको ओनित्सामा भएको र लरीले आफ्नो नियन्त्रण गुमाई मोटरपार्कमा ठक्कर खान पुगेको बताए ।
उक्त दुर्घटनाको कारण भने स्पस्ट हुनसकेको छैन ।
आगोका कारण दर्जनौ बस तथा अनेकौँ मोटरसाइकल नष्ट भएको प्रहरी प्रवक्ताले बताए । रासस/एएफपी















प्रतिक्रिया