काठमाडौं, १८ जेठ । पेट्रोलियम पदार्थको मुल्य बढाउने निर्णय नेपाल आयल निगमले १ घण्टामै फिर्ता गरेको छ ।
सोमबार अपराह्न ५ बजे पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेको निगमले १ घण्टा नबित्दै उक्त निर्णय फिर्ता लिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको मूल्य बढेकाले नेपालमा मूल्य वृद्धि गरेको जानकारी दिने निगम आखिर एक घण्टामै आफ्नो निर्णयबाट किन पछि हट्यो ? यो प्रश्न आम नागरिकका मनमा उब्जिएको छ ।
यो जिज्ञासाको जवाफ दिँदै आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले मृल्वृद्धि गरेपछि भूकम्प पीडित झन मारमा पर्ने भन्दै चौतर्फी दबाब आएकाले निर्णय फिर्ता लिएको बताउनुभयो ।
‘भूकम्प पीडितको उद्दार, राहत तथा पुर्नस्थापना नहुँदासम्म मुल्य बढाउन नहुने सुझाव तथा दबाबबाट हामी आफ्नो निर्णयबाट पछि हट्यौ’ उहाँले भन्नुभयो ।












प्रतिक्रिया