३० आश्विन २०८३, शुक्रबार

काठमाडौँमा गर्मी बढ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paudi-kheldai-fun-park

काठमाडौँ, १८ जेठ । काठमाडौँ उपत्यकामा आज सबैभन्दा बढी गर्मीको महसुस गरिएको छ ।

जल तथा मौसम विभागका अनुसार आज काठमाडौँ उपत्यकाको तापक्रम ३३.५ डिग्री मापन गरिएको छ । यस्तै सबैभन्दा बढी तापक्रम आज नेपालगन्जमा रहेको छ । विभागले नेपालगन्जको तापक्रम ४१.९ डिग्री मापन गरेको छ ।

यस्तै आज विरेन्द्रनगर र धनगढीको तापक्रम समान ३८.४ डिग्री मापन गरिएको छ । दिपालयको तापक्रम ३९.४ डिग्री मापन गरिएको छ भने सिमराको ३८.४ डिग्री र डडेल्धुराको २९.४ डिग्री मापन गरिएको विभागले जनाएको छ । विभागका मौसमविद् रामचन्द्र कार्कीका अनुसार सन् २०१२ यताको गर्मी दिनको रुपमा आजलाई लिइएको छ ।

उहाँका अनुसार सन् २०११ मा काठमाडौँको तापक्रम आजकै दिन ३२.५ डिग्री मापन गरिएको थियो भने सन् २०१३ मा मे २१ मा ३३.४ र २०१४ मा मे २ मा ३३.२ डिग्री मापन गरिएको थियो । तर सन् २०१२ मा भने काठमाडौँको तापक्रम ३५.२ पुगेको थियो ।

विभागका अनुसार आइतबार दाङको तापक्रम ४१.२ डिग्री मापन गरिएको थियो । सन् २०१२ मा भने दाङको तापक्रम ४१ डिग्री मापन भएको थियो । उहाँले अझै केही दिन तापक्रम आजैको अवस्थामा रहने बताउनुभयो । रासस