
सान डियागो, १८ जेठ । अमेरिकाकी एक जना ९२ वर्षीया हजुरआमाले सबैभन्दा कम समयमा म्याराथन दौड पूरा गर्नुभएको समाचार छ ।
उहाँले सबैभन्दा कम समयमा सो दौड पूरा गरेर जेठी म्याराथन महिलाको रेकर्ड पनि कायम गर्नुभएको समाचारमा जनाइएको छ ।
क्यालिफोर्नियामा आयोजना गरिएको २६ माइल सो दौड उहाँले सात घन्टा, २४ मिनेट र ३६ सेकेन्डमा पार गर्नुभएको थियो ।
आइतबार आयोजना गरिएको सो दौड उक्त समयमा पूरा गर्ने उहाँ सबैभन्दा जेठो उमेरमा यस्तो दौड पूरा गर्ने महिलामा पर्न सफल भएको बताइएको छ ।

दक्षिणी क्यालिफोर्नियामा आयोजित सो दौड पूरा गर्ने हजुरआमा ह्यारित थम्सन हुनुहुन्छ । उहाँ ९२ वर्ष र ६५ दिन उमेरको हुनुहुन्छ ।
सो दौड जितेपछि आफ्नो गृहनगरको पत्रिका चार्लाेट अब्जरभरसँग भन्नुभयो– मलाई दौडका क्रममा थोरैमात्र गाह्रो भयो ।
कैयौँ दर्शक तथा समर्थकको हौसला पाएकी उहाँले आफूले उक्त दौड पूरा गर्न सकेकामा निकै खुसी पनि व्यक्त गर्नुभएको सो पत्रिकामा जनाइएको छ ।
दौडिने क्रममा म एक ठाउँमा निकै थाकेकी थिएँ, सम्भवतः २१ माइलमा म उकालो चढिरहेकी थिएँ र त्यो मलाई पहाड चढे जस्तै लागेको थियो– उहाँले अब्जर्भरलाई भन्नुभयो ।
मलाई लागेको थियो कि यो मेरो उमेरको पागलपन जस्तै थियो, तर त्यसपछि त्यो उकालोबाट तल झर्न थालेपछि मैले केही सहज अनुभव गरेँ– उहाँको अनुभव थियो । रासस/एएफपी















प्रतिक्रिया