२९ आश्विन २०८३, बिहिबार

जापानमा पढ्न गएका नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-image

– प्रकाश पन्थी
टोकियो, १८ जेठ । अध्ययनका लागि जापान आएका एक नेपाली युवकको आइतबार राति रहस्यमय तरिकाले मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाका भीमबहादुर कटवाल रहेका छन् ।

न्यू भिजन इन्टरनेशनल कन्सलटेन्सीमार्फत गत १४ अप्रिलमा जापान आएका कटवाल निसी टोकियो इन्टरनेशनल भाषा विद्यालयमा जापानी भाषा अध्ययनरत थिए ।

आइतबार दिउँसोसम्म उनलाई केही भएको थिएन । सँगै बस्दै आएका रविन तामाङ्का अनुसार आइतबार बेलुका खाना खाइरहेको समयमा एक्कासि बोली बन्द भएपछि उनलाई तत्कालै यहाँको नेशनल डिफेन्स अस्पताल लगिएको थियो । अस्पतालले उनलाई तत्काल मृत घोषणा गरेपनि किन र के कारणले मृत्यु भएको भन्नेबारे केही बताएको छैन ।

निसी विद्यालयले पनि कटवालको मृत्यु भएको पुष्टि गरेपनि मृत्युको कारणबारे केही बताएको छैन । रासस