२९ आश्विन २०८३, बिहिबार

भूकम्पको डरले बढ्यो अनलाइन सपिङ, उपभोक्ताले घरमै सामान मगाउन थाले

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । महाभूकम्पपछि अनलाइन सपिङको क्रेज बढेको छ । मानिसहरु सामान खरिदका लागि व्यापारिक मल तथा पसलहरुमा जान डराएका कारण घरमै सामान मगाउने उपभोक्ता बढेको अनलाइन सपिङका संचालकहरु बताउँछन् ।

नेपालको लागि अनलाइन बिजनेश नयाँ हो । वेभसाइटमा सामान हेर्ने र मगाउने प्रचलन अझै बसिसकेको छैन । तर महाभूकम्पले भने अनलाइन सपिङको मार्केट बढाइदिएको मेरो सपिङ डटकमका संचालक सिताराम रिमाल बताउँछन् ।

Mero-shoping

होम डेलिभरी सेवा दिइरहेका रिमालले दैनिक नेपालसँग भने, ‘भूकम्पपछि गाह्रो पर्ला भन्ने सोचेको थिएँ । तर भूकम्पपछि त झन् दोब्बरले व्यवसायमा बृद्धि भयो ।’ मेरो सपिङबाट गाडीदेखि नुन, तेलसम्म किन्न सकिन्छ । मेरो सपिङले दैनिक जीवनमा प्रयोग हुने सम्पूर्ण सामानहरु समेत आफ्नो वेभमा राखेको छ । मेरो सपिङका सिइओ रिमाल भन्छन्, ‘हामीसँग ३० हजार प्रकारका सामानको लिस्ट छ ।’

भूकम्पपछि टेन्ट, हेल्थ क्रिम, बच्चाका खेलौना र दैनिक जीवनमा प्रयोग गर्ने सामानहरुको बढी अर्डर आएको उनी बताउँछन् । रिमालले भने, ‘भूकम्पमा मानिसहरु बाहिर निस्कन डराए । घरमा बस्ने त कुरै भएन । अनलाइनमा सामान हेरेर मगाउँदा सजिलो पर्ने भएकाले पनि भूकम्पपछि बढी माग अयो ।’ उनले एकै व्यक्तिबाट एक लाख ३० हजार रुपैयाँसम्मको माग आएको बताए । भने, ‘पहिला पहिला दिनमा १५, २० जनाबाट अर्डर आउँथ्यो । भूकम्पपछि दिनकै ५० जनाभन्दा बढीले सामान मगाउन थाले ।’

मेरो सपिङले राजधानी मात्र नभएर राजधानी भन्दा बाहिर पनि सामान पुर्‍याउने सुविधा दिँदै आएको छ । राजधानीभित्र ब्यक्तिलेनै घरमै सामान लगिदिने भए नि राजधानी बाहिर भने कुरियरको माध्ययमबाट पठाउँदै आएको छ । तर, सामान खरिद गर्न चाहेमा कम्तीमा १ हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने छ ।

पछिल्लो समय वेभसाइटमा सामान देखाएर व्यवसाय गर्ने क्रम बढ्दै गइरहेको छ । नेपालमा करिव आधादर्जन त्यस्ता वेभसाइट खुलेका छन् । त्यस्ता वेभसाइटलाई ग्राहकहरुले रिफरेन्सको रुपमा बढी प्रयोग गर्ने गरेको सिइओ रिमालको भनाइ छ । भन्छन्, ‘मानिसहरुले वेभमा सामान र मुल्य हेरेर, त्यही अनुसार सपिङ गर्ने परिपाटी बढेको छ । प्राविधिक क्षेत्र, , एनजिओ, आइएनजिओहरुमा काम गर्ने र युवापुस्ता यसतर्फ बढी आकर्षित भएको देखिन्छ । ’

महंगो पर्दैन

मानिसहरुमा वेभसाइटमार्फत किनमेल गर्दा महंगो पर्ने भ्रम रहे पनि त्यो वास्तबिक नभएको सिइओ रिमालले बताए । ‘हामीले नेपालका आधिकारिक बिक्रेताहरुबाटै सामान ल्याउँछौ’, रिमालले भने, ‘ब्राण्डेड सामानको एमआरपी रेट एउटै हुन्छ । हामीकहाँ कुनै पनि सामाग्रीको खुद्रा मूल्यभन्दा बढी पर्दैन ।’

मेरो सपिङले दुई वर्षको अवधिमा १० हजार भन्दा बढी ग्राहकलाई सेवा पुर्‍याइसकेको छ । सूचना प्रविधिको विकाससँगै नेपालमा पनि अनलाइनमार्फत किनमेल गर्ने प्रचलन बढ्न थालेको छ । रिमालले दैनिक करिब २० हजारले आफ्नो वेभ हेर्ने गरेको बताउँछन् । नेपालकै छिमेकी देश भारत र चीनमा समेत अनलाइन बिजेनेश स्थापित भइसकेको छ ।