३ कार्तिक २०८३, मंगलबार

‘गर्लफ्रेण्ड’लाई मोटरसाईकलमा राखेर स्टाईल गर्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

motor-bikeजनकपुर, १८ जेठ । जनकपुरबाट ढल्केवर जाँदै गरेको ज ५ प ९३८८ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ज ५ प ४९६८ नम्बरको मोटरसाइकलमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

धनुषा बालाबाखर –२ का २५ वर्षीय देवशरण साह र महोत्तरी सहोर्वा –२ का २० वर्षीय नवीनकुमार यादवको मृत्यु भएको हो। दुर्घटनामा महोत्तरी सहोर्वा –२ का १८ वर्षीय रनवीर यादव, सोही स्थान र उमेरका सोनुकुमार साह र जनकपुर –७ की १८ वर्षीया रञ्जिताकुमारी ठाकुर घाइते भएका छन्।

यादव र साहको अवस्था गम्भीर रहेकोले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने ठाकुर जनकपुर अञ्चल अस्पतालमा भर्ना छिन्।

मृतक साह र रञ्जिता एउटै मोटरसाइकलमा चढेर जनकपुरबाट ढल्केवर तर्फ जाँदै थिए। बाँकी तीनैजना एउटै मोटरसाइकलमा सवार भइ जनकपुरतर्फ आउँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।