२९ आश्विन २०८३, बिहिबार

अमेरिकन भूकम्प उद्धार टोलीलाई अमेरिकामा भब्य सम्मान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samman 1

– विजय थापा 

वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्प्रिंग फिल्ड शहरको वाटर फोर्डमा गत बैशाख १२ गते नेपालमा आएको विनाशकारी महाभूकम्प पीडितलाई उद्धार गर्न भर्जिनियाबाट नेपाल गएर अमेरिका फर्केको भूकम्प पीडित उद्धार टोलीलाई एक समारोहबीच भब्य सम्मान गरिएको छ ।

वाशिंगटन डिसी नजिक रहेको भर्जिनियाको फेयर फ्याक्स काउन्टी अर्बान सर्च एण्ड रेस्क्यु समुहलाई स्वागत तथा सम्मान गर्न डिसी क्षेत्र वरपर स्थापना भएका करिब २ दर्जन संघ तथा संस्थाका प्रतिनिधि साथै नेपाली समुदायहरु पुगेका थिए ।

फेयर फ्याक्स काउन्टी अर्बान सर्च एण्ड रेस्क्यु समुह हैटीमा भूकम्प जादा पनि यसरी नै कैयौं जिवितै मानिसलाई उद्धार गर्न सफल भएको थियो भने उनीहरुले नेपालमा पनि पुरिएका मानिसलाई उद्धार गरेका थिए ।

samman 2

सम्मान कार्यक्रममा उद्धारमा उल्लेख्य काम गरी नेपालबाट अमेरिका फर्केका नायकहरुलाई सम्मान स्वरुप खादा लगाई बिशेष स्वागत गरिनुको साथै दुवै देशका राष्ट्रिय गान बजाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उद्धार टोलीमा नेपाल पुगी आफुले गरेका कामको बारेमा केहि टोली सदस्यहरुले चर्चा गर्दै यो हाम्रो लागि अवसर हो भन्दै नेपाल सरकारलाई धन्यबाद दिएका थिए ।

उनीहरुलाई अमेरिका सरकारले पनि ठुलो मद्दत गरेको बताउँदै यस्तो कसैलाई पनि नपरोस भन्दै हामीले आफ्नो क्षमताले भ्याए सम्म काम गरि फर्केका छौ भनि मन्तब्य राखेका थिए ।

samman 5

उक्त सम्मान कार्यक्रममा रिपब्लिकन दलका तर्फबाट भर्जिनिया क्षेत्र १० कि सभासद बार्बरा कम स्टकले उद्धार टोलीलाई उत्कृष्टको संज्ञा दिदै नेपालीहरुले पाएको पीडामा गहिरो दुख व्यक्त गर्दै उनले नेपाली समुदायसंग मिलेर काम गर्ने बताईन ।

नेपाली दुताबासका मिनिस्टर र उप नियोग प्रमुख ऋषि राम घिमिरेले नेपाल सरकार, दुताबास तथा व्यक्तिगततर्फ बाट फेयर फ्याक्स काउन्टी अर्बान सर्च एण्ड रेस्क्यु टोलीलाई बिशेष धन्यबाद दिँदै अमेरिकाले ठूलो आर्थिक सहयोग गरेको चर्चा गर्नुको साथै उद्धार गर्न नेपाल पुगेको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै मेरिन टोली प्रति समबेदना प्रकट गरेका थिए ।

samman 4

नेपाल गएको उद्धार टोली कै केहि सदस्यले यति ठूलो जनधनको क्षति भएकोमा दुख व्यक्त गर्दै दिवंगत भएका तथा परिवार गुमाएका सबै प्रति समबेदना प्रकट गरेका थिए ।

उक्त कार्यक्रममा उनीहरुले आफ्ना परिवारको साथै सन्तानहरुका साथ सम्मान कार्यक्रममा उपस्थित हुँदा नेपाली समुदायले कर्तल ध्वनिले सम्मान जनाएका थिए ।

सम्मान कार्यक्रमाका आयोजक मध्येका एक संचारकर्मी रामचन्द्र खरेलले सबै नायकहरुलाई सम्मान जनाउन ‘सलुट गर्छु यी हिरोहरुलाई, जसले त्यहाँ निस्वार्थ रगत बगाए’ भन्ने कविता वाचनको साथ सम्मान गर्दै नेपालमा आफू गएको समयमा भूकम्प जानु आगाडी नेपाल र भूकम्प गएपछिको नेपाल बारेमा तयार गरेको वृत चित्र प्रदर्शन पनि गरिएको थियो ।

samman 3

अत्याधुनिक उपकरण र कुकुर सहित नेपाल पुगी साहसीपूर्ण काम गर्ने सबै नायकहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान कार्यक्रम गरिएको जानकारी एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष सुमन तिम्सिनाले बताए ।

सम्मान कार्यक्रम ६० को दशकमा अमेरिका आएका समाज सेवी डा. बिष्णु पौडेलले नायकहरुलाई सम्मान गर्नुको साथै यो उद्दार टोली उत्तम छ भन्ने पहिले नै लागेको बताए भने परशु नेपालले धन्यबाद दिएका थिए ।

उक्त कार्यक्रमको आयोजना वाटर फोर्ड रिसेप्सन, अन्तर्राष्ट्रिय विकास संस्था तथा सगरमाथा टेलिभिजनले सयुक्त रुपमा आयोजना गरेको थियो ।