१६ कार्तिक २०८३, सोमबार

राहत बेच्न खोज्ने अर्थमन्त्रीका पीएविरुद्ध एमाओवादीले मुद्दा हाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-mahatकाठमाडौँ, १८ जेठ । एकीकृत नेकपा माओवादीले नुवाकोटमा राहत सामग्री वितरणमा राजनीति भएको भन्दै संसद् सचिवालयमा उजुरी दर्ता गराएको छ ।

सो पार्टीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले आइतबार उजुरी दर्ता गराउँदै उक्त जिल्लामा जस्तापाता वितरणमा राजनीतिककरण भएको र त्यसबाट भूकम्पपीडित आहत भएका बताउनुभएको छ ।

‘एमाओवादीले सञ्चालन गरेको राष्ट्रिय श्रम तथा पुनःनिमाण अभियानमा सहभागी हुने क्रममा आफूले राहत सामग्री वितरणमा चरम राजनीतिककरण भएको र फरक आस्थाका कसैलाई पनि जस्तापाता नदिएको’ उजुरीमा उल्लेख गरिएको छ ।

सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने जनाए पनि त्यो नुवाकोटमा कार्यान्वयन नभएको र आफूले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा त्यसको सुनुवाई नभएको उहाँले उजुरीमा उल्लेख गर्नुभएको छ ।

शुक्रबार अर्थमन्त्री रामशरण महतका पीए रमेश महतले निजी बैंकले भूकम्प पीडितलाई दिएको राहत पुरै नबाडेर काठमाडौं फिर्ता ल्याउँदै गरेको अवस्थामा गाउँलेले समातेका थिए ।

रमेशमाथि जस्तापाता बेच्न खोजेको आरोप लागेको थियो । यही घटनाको छानविन तथा कारवाहीको माग राख्दै एमाओवादीले मुद्दा हालेको प्रवक्त शर्माले जानकारी दिनुभयो ।