काठमाडौं, १८ जेठ । वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेका बेला नेपालमा सोमबार विहान फेरि भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार विहान ४ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौंमा महसुस गरिएको हो ।
सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प ४ रेक्टर स्केलको हो । यसअघि आइतबार दिउँसो १ बजेर ५४ मिनेटमा लमजुङलाई केन्द्रविन्दु बनाएर पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको थियो ।
भूकम्प मापन केन्द्रका अनुसार आइतबार एउटा मात्रै पराकम्पन गएको छ । जसले अब पराकम्पन घट्दै गएको बताइएको छ ।













प्रतिक्रिया