३ कार्तिक २०८३, मंगलबार

पृथ्वी राजमार्गमा पहिरो जान सक्ने सम्भाव्य स्थान यि हुन् (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prithivi Rajmargaकाठमाडौं, १८ जेठ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले बढी व्यस्त पृथ्वी राजमार्गको चितवन-नागढुंगाका नौ ठाउँलाई पहिरोको उच्च जोखिममा राख्दै आपूर्तिमा बाधा पुग्ने सम्भावना औंल्याएको छ ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइराला संयोजकत्वको समितिले स्थलगत अनुगमनबाट भूकम्प र परकम्पका कारण पृथ्वी राजमार्गका विभिन्न नौ ठाउँमा पहिरो आउने सम्भावना बढी रहेको बताएको हो ।

समितिले प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको कारोबार दैनिकले छापेको छ ।

‘आपूर्तिको दृष्टिकोणले पृथ्वी राजमार्गका कुन–कुन ठाउँमा असहज हुन सक्छ भनेर स्थलगत अनुगमन गरेका थियौं ।’ वाणिज्य सचिव ङइन्द्र उपाध्यायले भने, ‘धेरै ठाउँमा पहिरो जोखिम रहेछ ।’

मन्त्रालयले पहिरोको जोखिम भएका ठाउँमा यान्त्रिक उपकरण र प्राविधिक जनशक्ति तैनाथ राख्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ ।

‘कुन निकायले के गर्नुपर्छ भनेर स्पष्ट रुपमा भनिसकेका छौं,’ उपाध्यायले भने, ‘केही समयपछि फलोअप गछौं ।’

राजमार्गका कुन–कुन ठाउँमा खतरा

· चितवनको जलवीरे आसपास

· चितवनको सिमलटार र फिस्लिङ

· रामनगरको पानी ट्यांक

· मुग्लिन–नारायणगढ सडकको खहरे खोला र कालीखोलाबीच

· धादिङको विशालटारबाट मौवा खोला पुलसम्म

· खास्टेखोला र मछेडीखोला पुल

· ट्याङलाफाँटदेखि फ्याप्रे खोलासम्म

· धार्के बजार नजिक महेशखोला पुल

· सोप्याङ खोलाको पुल