काठमाडौं, १८ जेठ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी दलसहितको सात दलीय र साना दलसमेतको ३० दलीय मोर्चासम्बद्ध दलसँग आफूहरुले अघि सारेको १० प्रदेशको अवधारणामा सम्भव भएसम्म पुनर्विचार गर्न आग्रह गरेका छन् ।
मधेसी दलसँग आफ्नो निवास लाजिम्पाट र ३० दलसँग सिंहदरबारमा गरेको बैठकमा दाहालले यस्तो आग्रह गरेका हुन् ।
‘कांग्रेस, एमालेबाट सहमतिमै अघि बढ्ने प्रतिबद्धता आएको छ । हामीले पनि १० प्रदेशमा कति मिलाउन सकिन्छ र पहिचान तथा अधिकारमा आधारित कस्तो संघीयतामा जान सकिन्छ पुनर्विचार गरौ भन्नुभयो’ एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने ।
आन्तरिक छलफलपछि औपचारिक निर्णयका लागि ३० दलको बैठक सोमबार दिउँस बस्ने कान्तिपुर दैनिकले छापेको छ ।
सद्भावनाका नेता लक्ष्मणलाल कर्णले पुनर्निर्माण र संविधान निर्माणलाई संगसंगै लैजानुपर्नेमा विपक्षी मोर्चा एकमत भएको बताए ।















प्रतिक्रिया