३ कार्तिक २०८३, मंगलबार

ओली र गौतमबीच यसरी भयो दोहरी, दुबै नेताबीच सम्बन्ध चिसिदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev Gautam & K P Oliकाठमाडौं, १८ जेठ । मदन आश्रित स्मृति दिवसका पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओली भन्दै थिए, ‘यत्रो विपतका बेला सरकारले के गरेको छ भन्ने कुरा सरकारमै भएर पनि एमालेलाई थाहा छैन ।’

मन्चमा बसेका एमाले उपाध्यक्ष वामदेव गौतमले तत्कालै जवाफ फर्काए, ‘सरकारले गरेका सबै काम पार्टीलाई थाहा छ ।’

ओलीले पनि प्रश्न उठाए, ‘खोइ यत्रो टिभी, रेडियो छन् तिनले भन्नुपर्नेरुु
गौतम फेरि बीचमै बोले सबै चिज मन्त्रालयको वेवसाइटमा राखिदिएको छ । त्यहाँ हेर्न सकिन्छ ।’

त्यतिबेलै एमाले कार्यकर्ताले दुई नेताबीचको सम्बन्ध हार्दिक नभएको लख काटिसकेका थिए ।

पछिल्लो समय ओलीको गौतमसँग सम्बन्ध अलिक कमजोर बनेको छ । बरु माधव नेपालको भूमिका प्रभावकारी देखिएको नयाँ पत्रिका दैनिकले छापेको छ ।