२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय क्रिकेट टोली आज भारत प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_National_Cricket_team

काठमाडौँ, १७ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट सङ्घका कार्यवाहक अध्यक्ष दीपक कोइरालासहित २० जना खेलाडी आज बिहान १० बजे भारत प्रश्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिनुभयो । “त्यहाँ भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले नेपाली टोलीको सम्पूर्ण सत्कार गर्नेछ”, उहाँले भन्नुभयो ।

बन्द प्रशिक्षणमा रहेका २२ खेलाडीमध्ये शरद भेषवाकर र विनोद भण्डारी भारतमै रहेको र कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, शक्ति गौचन, सागर पुन, भुवन कार्की, प्रदीप ऐरी, जितेन्द्र मुखिया, पृथु बासकोटा, अनिल मण्डल, सिद्धान्त लोहनी, मेहबुब आलम, राजेश पुलामी, अविनाश कर्ण, हरिशङ्कर शाह, सौरभ खनाल र महेश क्षेत्री त्यसतर्फ गरेका छन् ।

आगामी जुलाई ९ देखि २६ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा टि–२० विश्वस्तरको छनोट प्रतियोगिता आयोजना हुँदैछ । साथै, नेपालले डिभिजन च्याम्पियनसिपअन्तर्गत स्कटल्यान्डविरुद्धको अवे खेल २९ र ३१ जुलाइमा खेल्ने कार्यक्रम छ ।

सिइओ घिमिरेका अनुसार नेपाली टोली युरोप भ्रमणका लागि प्रवेशाज्ञाको प्रक्रिया मिलाउन केही दिनअगावै नयाँदिल्ली गएको हो ।

नेपाली टोलीले ५ जुनदेखि २० सम्म हिमाञ्चल प्रदेशको धर्मशालामा त्यहाँका स्थानीय टोलीसँग अभ्यास गर्नेछ । भूकम्पका कारण स्वदेश (क्यानडा) फर्किएका राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायके ३ जुनमा भारत आइपुग्ने कार्यक्रम रहेको क्यानले जानकारी दिएको छ । रासस