२९ आश्विन २०८३, बिहिबार

राष्ट्रपति र सेनाको हेलिकोप्टरको आक्रमणबाट ९० जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Helicopter

बेरुत, १७ जेठ । विद्रोहीको बलियो प्रभाव रहेको उत्तरपश्चिम सिरियामा सरकारी सेनाद्वारा जारी हवाई आक्रमणमा कम्तीमा २० सर्वसाधारणको मृत्यु भएको मानवअधिकारी समूहले आइतबार जानकारी दिएको छ ।

इद्लिब प्रान्तको पहाडी क्षेत्रमा पर्ने जबाल अल जाबीयामा भएको सरकारी विमानको आक्रमणमा अर्को आमहत्या भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

यस आक्रमणमा परी अन्य कयौँं घाइते भएका बेलायतसँग आवद्ध सो अब्जरभेटरीले जानकारी दिएको छ । सो आक्रमणमा घाइते भएकामध्ये कयौंको अवस्था गम्भीर रहेको बताइएको छ ।
सरकारकोतर्फबाट भएको हवाई आक्रमणमा सिरियाभरी ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको दिनमा पुनः सो घटना भएको जनाइएको छ ।

सिरियाली राष्ट्रपति बसार अल असादको हेलिकोप्टरहरुले सिरियाको उत्तरी प्रान्त अलेपोमा गरेको हवाई आक्रमणमा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएकै दिनमा नै पुनः सो हवाई आक्रमण भएको जनाइएको छ ।

अलेपोमा भएको हवाई आक्रमणमा परी बालबालिकासहित ७० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो । सो आक्रमणमा परी अरु दर्जनौँ व्यक्ति पनि घाइते भएका थिए ।

पछिल्लो समयमा सिरियामा आइएसका आतङ्ककारी क्रियाकलाप बढेपछि सरकारी सेनाले पनि निकै कडाइका साथ कारबाही थालेको बताएको छ । रासस/एएफपी