२९ आश्विन २०८३, बिहिबार

बृज सिमेन्टले जित्यो कर्पोरेट फुटबलको उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_3288

भैरहवा, १७ जेठ । भैरहवामा जारी भूकम्प पीडित सहयोगार्थ फुटबल प्रतियोगिताको उपाधि वृज सिमेन्टले जितेको छ ।

शनिवार सम्पन्न प्रतियोगिताको फाइनलमा बृज सिमेन्ट र एस आर स्टीलबीच कडा प्रतिसपर्धा भएको थियो । प्रतिस्पर्धाको बीच एसआर स्टील कम्पनीलाई ट्राईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै बृजले भूकम्प पीडितको सहयोगार्थ आयोजित कर्पोरेट फुटबलको उपाधि जितेको हो ।

भूकम्प पीडितको सहयोगार्थ आयोजित चैरीटेबल कर्पोरेट थर्टी/३० फुटबल प्रतियोगिताको उपाधि हात पार्न बृजका हेमराज घिमिरे, आकाश परियार, राम कुँवर, कमल थापाले महत्वपुर्ण गोल गरेका थिए । एसआरका उमेश क्षेत्री र राम कुमार रावतको प्रहारमात्रै गोलमा परिणत भयो भने प्रेम सागर र ईन्द्र थारुको प्रहारलाई बृजका गोल रक्षक बिनोद भण्डारीले असफल तुल्याएका थिए ।

यसअघि खेलको पहिलो हाफमा एसआरका राम कुमार राउतले खेलको २३ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मध्यान्तर सम्म १ गोलले पछि परेको ब्रिजले खेल सकिन २ मिनेट बाँकी छदा कमल थापाले (४९ मिनेटमा)गोल फर्काउदै खेललाई बराबरीमा ल्याएका थिए ।

बिजेता तथा उप बिजेता टिमलाई प्रमुख अतिथी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी, सिमेन्ट उत्पादक संघका क्षेत्रीय अध्यक्ष ऋषिकेश अग्रवाल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्मा, गोयन्का गु्रपका निर्देशक राम गोपाल गोयन्का, नेपाल अम्बुजा सिमेन्टका प्रबन्ध निर्देशक हेमन्त अग्रवाल, उद्योगका महाप्रबन्धकहरु, नेपाल अम्बुजाका महाप्रबन्धक राज कुमार गुप्ता, सिद्धार्थ सिमेन्टका महाप्रबन्धक अरुण अग्रवाल, सुप्रिम सिमेन्टका महाप्रबन्धक सरोज पौडेल, वृज सिमेन्टका महाप्रबन्धक रबी रञ्जन गुप्ता, अम्बे स्टीलका महाप्रबन्धक नबिन अधिकारी, अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धब बहादुर कार्की लगायतले पदक, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

भैरहवा लुम्बिनी औद्योगिक करीडोरमा रहेका उद्योगहरुको महाप्रबन्धक तथा कर्मचारीको समूहले भूकम्प पीडितहरुको सहयोगार्थ सञ्चालन कर्पोरेट फुटबलमा करीडोरका नेपाल अम्बुजा, सिद्धार्थ सिमेन्ट, अम्बे स्टील, एसआर स्टिल, वृज सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिमेन्ट र सुप्रिम सिमेन्ट उद्योग गरी ८ टीमको सहभागिता थियो ।

३ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण

IMG_4607यसैबीच खेल आयोजनाको माध्यमबाट बचत भएको रकम प्रधानमन्त्री दैबि प्रकोप राहत कोषमा प्रदान गरिएको छ । भूकम्प पीडितहरुको सहयोगार्थ सञ्चालित कर्पोरेट फुटबलबाट संकलित ३ लाख १ हजार रुपैयाँ शनिबार सम्पन्न फाईनल खेलपछी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीलाई औद्योगिक करीडोरका महाप्रबन्धकहरु नेपाल अम्बुजाका महाप्रबन्धक राज कुमार गुप्ता, सिद्धार्थ सिमेन्टका महाप्रबन्धक अरुण अग्रवाल, सुप्रिम सिमेन्टका महाप्रबन्धक सरोज पौडेल, ब्रिज सिमेन्टका महाप्रबन्धक रबी रञ्जन गुप्ता, अम्बे स्टीलका महाप्रबन्धक नबिन अधिकारी, अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धब बहादुर कार्कीले संयुक्त रुपमा सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

चेक बुझदै प्रजिअले लुम्बिनी करीडोरका उद्योगी ब्यबसायीले गरेको कार्य प्रशसंनीय भएको बताए । उनले भने लुम्बिनी करिडोरका उद्योगले राहत बितरण लगायतका काम स्वयं फिल्डमै गई गरेको र अहिले फुटबल संचालन गरी रकम संकलन गरी राहत कोषमा पठाउनु अर्को महत्वपुर्ण कार्य भएकोले यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

मुलुक प्राकृतिक विपत्तिमा परेको अवस्थामा खेलको माध्यमबाट पनि रकम संकलन गरि राहत कोषमा पठाउन पाउँदा आफुहरु गौरावान्वित भएको चैरिटेबल कर्पोरेट फुटबल २०१५ का कार्यक्रम संयोजक तथा नेपाल अम्बुजा सिमेन्टका महाप्रबन्धक राजकुमार गुप्ताले जनाए ।