काठमाडौं, १७ जेठ । दुई सातादेखि भारतमा एक्कसी बढेको गर्मीबाट २ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
उच्च गर्मीबाट भारतका अधिकांश ठाउँका पक्की सडक नै पग्लन थालेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतको आन्द्र प्रदेश र तेलगांनामा लगायतका प्रान्तमा गर्मीबाट सडक पग्लिन थालेको हो ।
सडक पग्लिएपछि गाडीहरु चल्न छाडेका छन् । यातायात सेवा समेत गर्मीबाट प्रभावित भएको छ । केही दिनयता त्यो क्षेत्रमा तापक्रम ४८ डिग्री सेन्टीग्रेडमै यथावथ रहेको बताइएको छ । सर्वसाधरणहरु दुई सातादेखि घरबाट बाहिर निस्केका छैनन् । धनाढ्यहरु एसीमा बसेपनि सर्वसाधरणले एसी पाएका छैनन् ।
गर्मीका कारण सर्वसाधरणहरु करेलाको जुस खाने देखी दिनमा १० पटकसम्म नुहाउने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा अझै केही दिन उच्च गर्मी कायमै रहने मौसमविद्हरुले बताएका छन् । तापक्रममा घटबढ नभए गर्मीबाट मृत्यु हुनको संख्या ५ हजार पुग्ने बताइएको छ । एजेन्सी















प्रतिक्रिया