काठमाडौं, १७ जेठ । बलिया जिल्लाको रासरामा बिहीबार राति एक युवतीले आफूले विवाह गर्न राखेको प्रस्ताव नमानेको निहुँमा युवकमाथि तेजाव प्रहार गरेकी छन् ।
तेजाव प्रहार गर्ने युवतीलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । तेजाव प्रहारपछि घाइते भएका युवक राजकुमार पाललाई तत्काल वारा यणसीस्थित अस्पताल पठाइएको थियो ।
युवक हाल अस्पताल भर्ना भएका छन् । घाइते राजकुमार रासरा थानाअन्तर्गत जमगाउँका बासिन्दा हुन । उनी छतमा सुतिरहेका बेला छिमेकमा बस्ने युवतीले अनुहारमा तेजाव प्रहार गरेकी थिइन् ।
ती केटीले विवाहका लागि राखेको प्रस्ताव राजकुमारले अस्वीकार गरेका थिए । यस घटनापछि ती युवती राजकुमारसँग रिसाएकी थिइन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।















प्रतिक्रिया