काठमाडौं, १७ जेठ । यो सिजनको कोपा डेल रे कपको उपाधि बार्सिलोनाले जितेको छ ।
स्ट्राईकर लिओनल मेस्सीको महत्वपूर्ण दुई गोलको मद्दतमा एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै बार्सिलोनाले उपाधि कब्जा गरेको हो ।
घरेलु मैदान नाउ क्याम्पमा शनिबार राति भएको उपाधि भिडन्तमा बार्सिलोनाले बिल्बाओलाई ३–१ ले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पा¥यो ।
बार्सिलोनाका लागि २० औं मिनेटमा मेस्सीले गोल गरेर खाता खोले । ३६ औं मिनेटमा नेयमारले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० को अग्रता लियो ।
दोस्रो हाफमा खेलको ७४ औं मिनेटमा मेस्सीले दोस्रो गोल गरेपछि खेल जित नजिक पुग्यो । खेलको ७९ औं मिनेटमा बिल्बाओका विलिम्सनले जवाफी गोल फर्काए । तर त्यो उसका लागि सान्त्वना मात्र हुन सक्यो ।
कोपा डेल रे बार्सिलोनाको यो उपाधिसँगै २७ औं पटक च्याम्पियन बनेको छ । उपाधि विजेता बार्सिलोनाले यो सिजन प्रमुख तीन उपाधि जित्ने सम्भावना पनि जिवितै राखेको छ ।
















प्रतिक्रिया