१६ कार्तिक २०८३, सोमबार

आजदेखि विद्यालय खुले, विद्यार्थी आएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

School
फाइल तस्वीर

काठमाडौँ, १७ जेठ । शैक्षिकसत्रको सुरुवातका बेला नेपालमा आएको भूकम्पका कारण बन्द भएका विद्यालयहरु आइतबारदेखि सञ्चलनमा आएका छन् ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र वैशाख १३ र २९ गतेको शक्तिशाली परकम्पका कारण झन्डै एक महिना विद्यालय बन्द भएका थिए । शिक्षा मन्त्रालयको निर्णयानुसार आजदेखि अधिकांश विद्यालय खुले पनि भवन क्षति भएका केही विद्यालयमा अझै केही दिनपछि पढाइ हुनेछ । पढाइअघि मनोसामाजिक परामर्श दिने नीति सरकारको छ ।

काठमाडौँ उपत्यकालगायत सामुदायिक निजी विद्यलायका भवनको प्राविधिक परीक्षण गरेर ध्वस्त तथा क्षतिग्रस्त भवनको विकल्पमा टहरा निर्माण गरी अभिभावकको अवलोकनपछि विद्यार्थीलाई विद्यालय पठाउन थालिएको छ । सीमित टहराका कारण कतिपय निजी विद्यलायमा बिहान र दिवा गरी दुई सत्रमा विद्यालय सञ्चालन हुँदैछ । विद्यालय सञ्चालनसँगै जनजीवन सामान्यीकरण हुन थाल्ने अपेक्षा गरिएको छ ।

शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले सम्बन्धित जिल्ला शिक्षा कार्यालयको संयोजनमा विद्यालय खुल्ने बताउनुभयो । कक्षा सञ्चालनको तयारीका लागि सूचना जारी गरिएको बताइएको छ । विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीको उपस्थिती न्यून रहेको छ ।