३ कार्तिक २०८३, मंगलबार

वडा नम्बर सातबाट अम्बे हाउजिङको फाइल कसले गायब बनायो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

park_horizonकाठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाको ७ नम्बर वडा कार्यालयबाट एउटा फाइल रहस्यमय ढंगले हराइरहेको छ ।

अम्बे हाउजिङका लागि प्रारम्भिक सिफारिसलगत्तै विवाद सुरु भएपछि वडा सचिव विमल कोइराला कार्यरत रहेको बेला उक्त फाइल हराएको कान्तिपुर दैनिकले छापेको छ ।

‘आर्थिक चलखेल गरी गैरकानुनी रूपमा ४ आना जग्गा सिफारिस भएको आरोपमा उजुरी परे लगत्तै फाइल गायब छ’ महानगर स्रोतले भन्यो, ‘महानगरबाटै पनि छानबिन हुनुपर्नेमा सबै मौन छन् ।’

बुङमतीको भण्डारी टोलमा पनि तीन फिट फराकिलो सार्वजनिक बाटो गायब हुने गरी जग्गा प्लटिङ भएको भेटिएको छ ।

भिवोर डेभलपर्सले गाविस, नापी हुँदै नगर विकास समितीबाट दुई वर्षअघि रहस्यमय ढंगले फाइल सदर गराएको थियो ।

गाउको चार टोलबाट शवदाहका लागि नख्खुमा लैजाने करिव सय मिटरभन्दा बढी बाटो मिचिएको थियो ।

पछि गाविसले गठन गरेको कार्यदलले पनि सार्वजनिक जग्गा मिचिएको ठहरसहित डेभलपर्सबाट १७ लाख रुपैंया लिने निर्णय गरी भिवोरकै नक्सालाई स्विकृत गरेको थियो ।

फाइल स्विकृत गर्ने क्रममा गाविस सचिव महेश पौडेल थिए भने नगर विकास समितीको ललितपुर प्रमुखमा बसन्त राई ।

‘जरिवाना तिराउने निर्णय नै भएकाले सार्वजनिक जग्गा मिचिएको स्पष्टरुपमा देखिन्छ’ नगर विकास समिती ललितपुरका एक प्राविधिकले भने, ‘सार्वजनिक जग्गा मिचिएपछि केही हजार र लाख जरिवाना लिंदैमा अपराध छुट हुदैन । तर मिलेमतोका कारण थप छानबिन र कारबाही भएन ।’