२९ आश्विन २०८३, बिहिबार

यी तस्वीर देखेपछि तपाई धुम्रपान गर्न छोड्नुहुन्छ ! (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cigreet

काठमाडौं, १६ जेठ । यदी तपाई धुम्रपान सेवन गर्नुहुन्छ ? भने त्यसको नोक्सान थाहा पाउँदा धूम्रपान गर्न छोड्नुहुनेछ ।

चुरोट पिउँदा व्यक्तिको स्मरण शक्ति, सिक्ने र तार्किक धारणा राख्ने क्षमता नष्ट हुन सक्छ जसको कारण उसको मष्तिष्क (दिमाग) सड्न थाल्छ ।

अस्ट्रेलियामा २०१२ बाट सबै व्राण्डका चुरोटको प्याकेटमा भूरे रंगको कभर लगाएर उसमा टारबाट भरिएको फोक्सोको तस्वीर, सडिरहेको पहेलो दाँत र गुलाबी रंगको ट्यूमरको तस्वीर लगाउन अनिवार्य गरिएको थियो ।

धूम्रपानलाई रोक लगाउन एक राष्ट्रिय तम्बाकू निरोधक कानून पनि बनाईएको थियो । त्यतीबेला २००४ मा तम्बाकूको विज्ञापनमा रोक लगाएको थियो ।

२००८ मा राष्ट्रव्यापी कानून ल्याएर सार्वजनिक स्थानमा धूम्रपान गर्न प्रतिबन्ध लगाईयो । यहाँसम्मकी फ़िल्ममा पनि तम्बाकू वा चुरोट देखाउने समयमा एक स्वास्थ्य चेतावनी दिन अनिवार्य गरेको थियो ।

२००९ मा तम्बाकू उत्पादनको प्याकेटमा चेतावनी देखिने तस्वीर लगाउन अनिवार्य गरियो । धूम्रपान गर्ने महिलामा भ्रूणको विकास धेरै ढिलो गतिमा हुने गर्दछ ।

धूम्रपान गर्दा बढी मात्रामा आत्महत्या गर्ने इच्छा जागृत हुन्छ । धूम्रपान गर्ने पुरुषमा सेक्स इच्छा कम हुँदै जान्छ । मुखको क्यान्सरको मुख्य कारण पनि धूम्रपान सेवन नै हो ।

धूम्रपान गर्नु भनेको क्यान्सरलाई शरीरमा बोलाउनु हो । धूम्रपानकै कारण मानवको यौनजीवनमा समेत प्रभाव पार्छ । धूम्रपानको सेवनबाट हात खट्टा अन्य अंगहरुमा थकानको महसुस हुन्छ ।

चरोट पिउनेको साथ दिने व्यक्ति पनि मृत्यु मुखमा पुग्ने गर्छ । दैनिक धूम्रपान सेवन गरेर तपाई आफ्नो बच्चाको भविष्य बर्बाद पार्दैहुनुहुन्छ ।

अत्यधिक धूम्रपानबाट तपाईको हालत पनि खराब हुनसक्छ । धूम्रपान सेवन गर्नु र जहर पिउनु एउटै हो । यदी तपाई आफ्नो भविष्य बनाउन चाहनुहुन्छ भने धूम्रपान सेवन गर्न छाड्नुहोस् ।

नेपालमा हरेक वर्ष करिब १ लाख मानिसको मृत्यु तम्बाकूबाट हुने गर्छ । नेपालमा १० लाख मानिस तम्बाकू र चुरोट सेवन गर्छन् ।

२०१० को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष ६ लाख भन्दा बढी मानिसको ‘पैसिव स्मोकिंग’ यानी अरुको धूम्रपानबाट निस्केको धुँवाले मृत्यु हुने गरेको छ ।

धूम्रपान गर्ने व्यक्ति भयानक हृदय रोग, सांससम्बन्धि विरामी र फोक्सोको क्यान्सरबाट ग्रसित हुन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार धूम्रपानको सबैभन्दा बढी असर बच्चालाई पर्छ ।

धूम्रपान सेवन गर्ने मानिस, धूम्रपान नगर्ने मानिसभन्दा एक दशक कम बाँच्छ । घरमा हुँदा चुरोटको धुँवाले नवजात शीशुलाई निमोनिया, दम र अचानक मृत्युको खतरा सम्भावना बढी हुन्छ ।

रिपोर्टअनुसार कारमा बसेर बच्चाको नजिक धूम्रपान गर्नु उनको शोषण गर्नु बराबर हो । धूम्रपानले व्यक्तिको दिमाग ह्याङ गरिदिन्छ । रक्सी र तम्बाकू दुबैको सम्पर्क मस्तिष्कको ग्राहियोंसँग हुन्छ । यसकारण धूम्रपानबाट ह्यागंओभरजोखिम बढी हुन्छ ।

धूम्रपान छोड़ने व्यक्तिका लागि इलेक्ट्रोनिक चुरोट यानी ‘ई चुरोट’ले मद्दत गर्न सक्छ । हाल संसारमा एक अर्ब मानिसले धुम्रपान गर्छन् ।

१९५७ मा व्रिटेनमा मेडिकल रिसर्च काउन्सिलले जारी गरेको रिपोर्टमा धुम्रपानबाट फोक्सोको क्यान्सर हुने कुरा पत्ता लागेको थियो ।

बिड़ी–चुरोट पिउने र हुक्का चिलिमबाट तम्बाकू खाने महिला ३० वर्ष सम्मको उमेरमा धूम्रपानको बानी छाडिदिन्छन् । उनीहरुमा तम्बाकू सम्बन्धि रोगबाट मृत्यु हुने खतरा न्यून हुँदै जान्छ । एजेन्सी

brilliant-and-disturbing-anti-smoking-posters-10 brilliant-and-disturbing-anti-smoking-posters-9 brilliant-and-disturbing-anti-smoking-posters-8 brilliant-and-disturbing-anti-smoking-posters-7 brilliant-and-disturbing-anti-smoking-posters-6 brilliant-and-disturbing-anti-smoking-posters-5brilliant-and-disturbing-anti-smoking-posters-4  brilliant-and-disturbing-anti-smoking-posters-3 brilliant-and-disturbing-anti-smoking-posters-2