काठमाडौं, १६ जेठ । आम नागरिकलाई सुरक्षा दिने जिम्मेवारी सम्हालेका प्रहरी अधिकारी आफै असुरक्षित बनेका छन् ।
पछिल्ला दिनहरुमा महिलामाथि यौन दुव्र्यवहार भएको घटना सार्वजनिक भइरहेका बेला एक महिला प्रहरीमाथि यौन दुव्र्यवहार गरिएको घटना वाहिर आएको छ ।
टाइम्स अफ इण्डियाका अनुसार महाराष्ट्रको पालघर जिल्लाको डहाणु इलाकामा तैनाथ महिला प्रहरीमाथि २५ वर्षका युवक मलु भारवाडले बर्दी उतारेर यौन दुव्र्यवहार गरेका छन् ।
यौन दुव्र्यवहारपछि महिला प्रहरीको उजुरीका आधारमा सरावली पुलिस चौकीले आरोपी भारवाडलाई गिरफ्तार गरेको छ ।
ड्यूटीमा खटिएकी ति महिला प्रहरीमाथि युवकले पहिले समातेको र त्यसपछि उनीसँग अश्लीलता हर्कत गरेका थिए । यो घटना डहाणु इलाको सरावली पुलिस चौकीको हो ।
चौकीमा आफ्न्तलाई भेट्न आएका युवकलाई ति महिला प्रहरीले बाहिरै रोकेपछि उनीमाथि यौन दुव्र्यवहार भएको जनाइएको छ । भित्र पस्न नदिँदा वालविवाद बढेपछि रिसमा युवकले महिला प्रहरीको कपडा च्यातेका थिए ।
त्यसपछि उनको मुखमा चुम्बन गरेका थिए । त्यस्तो क्रियाकलाप गरेपछि प्रहरी अधिकारीले ति युवकलाई पक्राउ गरी हिरासत राखेको छ । एजेन्सी















प्रतिक्रिया