सायद मेरो कुराले कसै कसैको चित्त दुख्छ होला, चित्त नदुखाउनु होला। म जिन्दगीमा धेरैपटक बिमारी परेको छु र धेरैपटक दबाई खाएको पनि छु। आजसम्म खाएको दबाई कुनै चक्लेट जस्तो गुलियो पाइन, सँधै तितो नै थियो । हो, यथार्थ त्यही थियो, मैले त्यो तितो दबाई खानैपर्थ्यो, निको हुनका लागि। मेरो कसैलाई गाली गर्ने उद्देश्य होइन्। देश रोहिरहेको बेला कसैलाई गाली गरेर फाइदा पनि छैन्। यो समय भनेको सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने नै हो।
यहाँ सहयोगको नाममा केही राजनीतिक दलका नेता चुनावी प्रचार जसरी लागेका छन । आजकल फेसबुक खोल्यो कि कुनै संसदिय या स्थानीय निर्वाचन हुन लाग्यो जस्तो लाग्ने भो । यतिखेर प्रचारमुखी होइन्, परिणाममुखी काम गर्नुपर्छ। मैले यहाँ सहयोग गर्नेहरूको बिरोध गर्न खोजेको होइन् । उद्दर कार्यमा लागिरहँदा को, कहाँ, कसरी लाग्दा रामो हुन्छ सोच्नु जरूरी छ ।। मैले यतिखेर गोर्खालाई सम्झेको छु। माओवादीका नेता भित्रको पनि धेरै पढेका बुदिमानि नेता भनिएका बाबुराम भट्टराई गोर्खामा धेरै महेनतका साथ लागिरहनु भएको खबर केही समय पहिला बाहिर आयो । बेलाबेलामा उहाँले ढुङ्गा उचालेको त कहिले खन्ती उचालेको फोटो फेसबुकमा अपलोड गर्नुभयो । भट्टराईको त्यो मेहेनतलाई सलाम गर्नैपर्छ। बाबुरामजीले फेसबुक अनि पत्रपत्रिकामा देखाउन फोटो खिचिरहँदा एकपटक गोर्खाको जिविस कार्यालयमा कुहिएका चिउरा अनि भोकभोकै रहेका जनतालाई पनि सम्झेको भए अझ बुद्धिमानी मान्थियो । गोर्खाको गुप्सिभज्याङमा बिनासकारी भुकम्पले सबै घर सखाप भएपछि त्रिपाल टाँगेर बसेका धेरै परिवार भातको सट्टा आलु खाएर बसेका छन्। त्यहाँका स्थानीय बासीहरू गुनासो गर्ने गर्छन्, परिवार धेरै छ । राहतमा दिएको चामल सकियो, भातको सट्टा कलिलो आलु उसिनेर खाएका छौँ भनेर ।
सस्तो लोकप्रियताको लागि मान्छे जे पनि गर्न पछि नपर्ने भए। वास्तवमा दायाँ हातले दिएको बायाँ हातले थाहा नपाउनुलाई सहयोग भनिन्छ। ढोल र झ्याली पिटाएर गरेको सहयोग ढोँगी र प्रचारमुखी मात्र नभएर अरू के हो त ?
लाप्राकबासीको पनि हालत उस्तै छ। त्यहाँका बासिन्दाको बाध्यात्मक अबस्था भए पनि लाप्राक, गुम्सा र बारपाक लगायतको क्षेत्रलाई राहत वितरण गर्न भनेर जिबिसमा स्थापना गरेको डिपोमा भने चिउरा लगायतका खाद्यान्न कुहियर बसेको छ। पीडितले राम्रोसँग पानी पनि पिउन पाएका छैनन्।जिबिस नजिक पसल गरेर बस्ने मेरो मित्र भन्दै हुनुहुन्थ्यो, जिबिसका कर्मचारी र तिनका परिवार तथा जिविस आसपास बस्नेहरूले त्यस्ता मिनरल वाटरको बोतल त कति लगे कति, त्यही पनि घटेको छैन्।
उहाँ भन्दै हुनुहुन्थ्यो, ‘मान्छेले त्रिपाल पनि राम्रोसँग टाँगेर बस्न पाएको छैनन। जिबिसको आँगनमा टेण्टको चाङ छ। उता जनताले धेरै आशा गरेका जनप्रतिनिधि भने ढुङगा बोकेको फोटो खिचेर फेसबुकतिर अपलोड गर्दै म उद्दर कार्यमा तत्लीन छु भनेर दङ्ग छन् ।’
म बाबुरामजीलाई सोध्न चाहन्छु, तपाईंको अहिलेको आबश्यकता ढुङ्गा बोकेर फोटो खिच्ने ठाउँमा छ कि जिबिसमा अलपत्र परेको सामाग्रीलाई सही ढङ्गले कसरी ब्यबस्थित तरिकाले बितरण गर्ने भन्ने ठाउँमा छ ? तपाई देशको सरकारको प्रमुख पनि भइसकेको मान्छे र अहिलेको सभासद् पनि भएकोले त्यो अलपत्र परेको सामग्री सही ढङ्गले बितरण गर्ने जिम्मा तपाईंको पनि होइन र ? यत्रो बुद्धिजीवीले प्रचार गर्दा पनि अलि पत्याउने गरेर प्रचार गर्नुपर्छ नि । हुन त माओवादीभित्र अहिले प्रचार गर्ने होडबाजी नै चलेको छ। कोही-कोही नेताले हेलमेट लगाएर अगाडि पछाडि सुरक्षाकर्मी तैनाथ गरेर संसार जितेको जसरी मुसुक्क मुस्कानमा लिएको फोटो देख्दा राहत कार्यक्रममा नभई फिल्म सुटिङ हुन लागेको आभास हुन्छ। यस्तो सस्तो लोकप्रियताको लागि मान्छे जे पनि गर्न पछि नपर्ने भए। वास्तवमा दायाँ हातले दिएको बायाँ हातले थाहा नपाउनुलाई सहयोग भनिन्छ। ढोल र झ्याली पिटाएर गरेको सहयोग ढोँगी र प्रचारमुखी मात्र नभएर अरू के हो त ?
एउटा ढुङ्गा उचालेको फोटो लिएर यो देश नै उचालेर काँधमा हालेको जस्तो फुर्ती लगाउनु गलत हो। ताल पर्दा पानीमा डुबेको कुखुराको चल्ला झिकेर उद्दर गरेको भन्दै फेसबुकमा फोटो हाल्न पछि पर्दैनन् बाबुराम। जुन पटक्कै शोभनीय देखिएको छैन् ।














प्रतिक्रिया