दैलेख, १६ जेठ । विपत्तिमा एकसाथ रहने यहाँका राउटे समुदाय भूकम्पको त्रासले दुई समूहमा विभाजन भएका छन् ।
भूकम्पअघि अछामको भैरवस्थानमा बस्दै आएका राउटे समुदाय भूकम्पले त्रस्त बनेको नागरिक दैनिकले छापेको छ ।
भूकम्पको त्रासले छुटिएको राउटेको एक समूह लयाटीविन्ध्यासैनी–१, किमडीखान चौरमा बसिरहेको छ भने अर्को समूह सिंगौडी–५, सिस्ने खोलास्थित दाडेको मुहानमाथि सरेको छ ।
किमडिखानको समूहको डिलबहादुर शाही र वीरबहादुर शाहीले नेतृत्व गरिरहेका छन् ।
उक्त समूहले माछा मारेर जीवनयापन गरिरहेको छ । किमडिखान खुला चौर भएको स्थान हो ।
त्यस्तै सिगौंडीमा रहेको समूहको नेतृत्व मुखिया सुर्यनारायण शाहीले गरिरहेका छन् ।















प्रतिक्रिया