काठमाडौं, १६ जेठ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भूकम्पबाट भएका मानवीय तथा भौतिक क्षतिको सम्पूर्ण विवरण स्थानीय निकायको वडा स्तरमा सार्वजनिक गर्न भूकम्प प्रभावित जिल्लाका जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिहरुलाई निर्देशन दिएको छ।
भूकम्पपीडितको नाममा फर्जी विवरण देखाएर सरकारबाट प्रदान गरिने राहत तथा सहायता दुरुपयोग हुने गरेको भन्दै व्यवस्थापिका संसदको राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको निर्देशनअनुसार मन्त्रालयले आफू माताहतका निकायलाई वडा स्तरमै क्षतिको विवरण सार्वजनिक गर्न निर्देशन दिएको नागरिक दैनिकले छापेको छ ।
वडा स्तरमा विवरण सार्वजनिक नगर्दा जिल्ला र केन्द्रबाट खटिने कर्मचारीलाई क्षतिको विवरण, भएभन्दा बढी क्षति देखाएर राहत, सहायता दुरुपयोग हुनसक्ने जिकिर मन्त्रालय र विशेष समितिको छ।















प्रतिक्रिया