३ कार्तिक २०८३, मंगलबार

भूकम्पपछिको थर्काइ थेग्न नसकेपछि राजधानीमा धसिँदै घरहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goganbu-Bhukampa01काठमाडौं, १६ जेठ । महाभूकम्प र त्यसपछिका सयौं पराकम्पनको थर्काइका कारण काठमाडौंका विभिन्न स्थानको जमिनमा तरलीकरण भएको तथ्थ सार्वजनिक भएको छ ।

महाभूकम्पकै हल्लाईले जमिन तरलीकरण भएपछि बोझ थेग्न नसकेर कयौं घरहरु धस्सिएको विशेषज्ञहरुले बताएका छन् ।

बाक्लो बस्ती भएको क्षेत्रमा भने तरलीकरणको समस्या छैन् ।

थकाईले जमिन तरलीकरण भएपछि कतिपय घर र तलाहरु जमिनभित्र धस्सिए त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर मेघराज धितालले भने हल्लाईले कतिपय ठाउँमा मूल फुटेको देखियो, प्रेसरले केही स्थानमा बालुवा र साना कण बाहिर निस्किए ।

काठमाडौंमा बालाजु, माछापोखरी, नयाँ बसपार्क, गोगंबु र गोलढुंगा लगाउतका क्षेत्रमा तरलीकरणकै कारण घर जमिनभित्र धस्सिएको बताएको कान्तिपुर दैनिकले छापेको छ ।