माघ ८ अर्थात संविधानसभाबाट संविधान बन्ने दिन । त्यो पनि बितिसक्यो, यतिखेर मेरो स्वर्गीय हजुरआमाले मलाई भनेको कुरा मेरो मष्तिष्कमा स्मरण भएको छ, त्यतीखेर हजुरआमाले भन्दा मलाई कथा जस्तै लागथ्यो तर माघ ५ गते राति संसद भवनमा संबिधानको बैठकमा भएका ति दृश्यहरु देखेर मलाई ति सबै कुरा वास्तविक लागेको छ । कतै फेरि पनि हाम्रा नेताहरुले प्राचिन सभ्यता अनुशरण गर्न खोजेका त होइन ?
हजुरआमा मलाई सधै भन्नुहुन्थ्यो, नातिनी सत्य नै यो हो की मान्छे बाँदरको विकसित रुप हो । प्राचिन समयमा मान्छे आजको रुपमा नभएर लगभग बाँदरकै रुपमा रहेको थियो । जंगलमा बस्ने गर्थे रे । आफ्नो पेट भर्नका लागि दिनभरी सिकार गरेर मात्र बिहान बेलुका खाने गर्थे रे । रुखका बोक्रा, स्याउला र पातले शरीर छोप्दथे र जंगलमा बस्दथे शिकार मिलेन भने भोकै पनि बस्ने गर्थे । बिस्तारै मान्छेको सोच्ने शक्ति बढ्दै गयो । फलस्वरुप मानिसहरु खेतीपाती गर्न सिके । त्यस्तै घर बनाएर निश्चित ठाउँमा बस्न थाले । बिस्तारै मान्छेले सोच्न थाले । शिक्षा आर्जन गर्न सिके मान्छेले । शिक्षाको विकासको परिमाण स्वरुप विभिन्न प्रकारका आविष्कारहरु गर्न सिके । म झन उत्सुकतापुर्वक आश्चर्य मान्दै सुनिरहेको हुन्थे, हजुरआमा भन्दै हुनुहुन्थ्यो–बिस्तारै मान्छेको जीवनशैली, रहनसहनमा सुधार हुँदै गयो । मानिसहरु सुखी बन्दै गए । अरु प्राणीहरुलाई खान र बस्न पाए पुग्छ, तर मानिस खान, बस्न पाएर मात्र सन्तुष्ट हुन सकेन, मानिसहरु अरु प्राणीभन्दा सर्वश्रेष्ठ प्राणीको रुपमा जन्म दिएको हुनाले मानिस पराधिन बन्न सकेनन् । आफ्नो इच्छा अनुसार स्वतन्त्र रुपले व्यक्तिलाई बाधा नपर्ने गरी हिँड्ने, डुल्ने, खाने लगाउने, लेख्ने, पढ्ने बोल्ने जस्ता कामहरु गर्न पाउनुपर्छ भन्ने मानिसको सभ्य समाजमा प्रजातन्त्रको आवश्यकता पर्नगयो । विश्वका विभिन्न देशमा प्रजातन्त्र प्राप्तिका लागि ठूला–ठूला संघर्षहरु भएको इतिहासमा पढ्न सकिन्छ । नेपालमा पनि १०४ वर्षे राणाशासनको अन्त्य भएर प्रजातन्त्रको स्थापना भएको थियो । प्रजातन्त्रको प्राप्तिपछि मात्र नेपाली जनता अलि स्वतन्त्र भएका हुन् हजुरआमाले भन्नुभयो । मलाई हजुरआमाले भनेका केही कुरा अलि अचम्मका लागे, तर माघ ५ गते संसद भवनमा भएको नेताहरुको भाडभैलो, झै–झगडाका दृश्यहरु देख्दा कतै प्राचिन काललाई अबलम्बन गर्न त खोजेका होइनन् ?
देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको ८/९ वर्ष भइसक्दा पनि संविधान बन्ने दिन आउन सकेको छैन् । संविधानसभाको चुनावमा पटक-पटक संविधान दिन्छौं भनेर जनताहरुलाई झुक्याउने मात्रै काम भयो ।
प्रजातन्त्र प्राप्तिका लागि पनि ठूलो संघर्ष गर्नु परेको थियो । कैयौँ व्यक्तिहरुले कठोर जेलनेलको यातना भोगेका थिए । कैयौ आमाहरुका काख रित्तिए । कैयौ नारीहरुको सिन्दुर पुछियो । कैयाँै निर्दोष नाबालक टुहुरा भए, धेरै व्यक्तिको ज्यान गयो । धेरै मानिसहरुले ठूलो कष्ट भोगेपछि राणाशासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको जन्म भयो । प्रजातन्त्रको जन्म भएपछि सबै नेपालीहरु हर्षित भए । प्रजातन्त्रको जन्म भएपछि सबै नेपालीहरु हर्षित भए । सबैले सोचे देशबाट गरिबी हट्छ, सबैले स्वतन्त्र भएर बाँच्न पाउँछन् । सबैले न्याय पाउँछन् र जताततै शान्ति हुन्छ । बेरोजगारी हट्छ । तर, दुर्भाग्यको कुरा प्रजातन्त्रलाई जन्म दिने खास आमा जन्म दिएपछि कहाँ हो कहाँ गायब भएकी रहिछन् । एउटी बाँझीले नक्कली आमा बनेर प्रजातन्त्रको खास आमा म नै हुँ भनिछन् । नक्कली आमालाई सबैले सक्कली आमा सम्झे । नक्कली आमाकै कारण प्रजातन्त्रको स्वर्गारोहण भयो । र पुनः १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो ।
यसरी २००७, २०४६ र २०६२/६३ मा भए गरेका ठूल्ठूला जनआन्दोलनले राणाशासन र निरंकुश राजतन्त्रलाई ढाल्न सफलता पाए । तर पनि २००७ देखि अहिलेसम्म राजनीतिमा जुन भाँडभैलो र नकारात्मक प्रवृत्तिहरु बारम्बार देखिएका छन् र जनताले ज्यादै दुःख कष्ट पाउनुपरेको छ, ती सबको मूख्य कारण पद र सत्ताप्रति नेताहरुको निकृष्टतम, मोेह र लुब्धता नै प्रमुख कारण हो । हाम्रो देशमा कतिपय नेताहरुको निकृष्ट लोभले देश र जनतालाई यति धेरै नै नोक्सान पुर्यायो कि ती नेताहरुका अनुहार र प्रवृत्ति सम्झदा, बोल्दा र लेख्दा पनि ज्यादै खिन्नता लागेर आउछ ।
नेपालमा ठूलठूला जनआन्दोलनले सफलता पाए पनि पद र सत्ता हत्याई राष्ट्रमा लुटमार मच्चाउने नेताहरुको चरम निकृष्ट प्रवृत्तिले नै देशमा हिंसा, हत्या र ब्रम्हलूटको यो स्थिति ल्याएको छ । देशमा ठुलठूला जनआन्दोलनले सफलता पाए पनि आज जनता साह्रै दुःखी र निराश हुने स्थिति आउनुको मूल कारण यही नै हो । यो स्थिति ल्याउनुमा असरवादी नेताहरु पनि सहायक रहेका छन् ।
लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नेपाली जनतामा धेरै आशा र खुशी पलाए । सबै नेपाली हर्षित भए सबैलाई विश्वास लाग्यो । देशमा अब द्रुतगतिमा विकास हुन्छ, गरिबी हट्छ, युवा बेरोजगारी हट्छ । सबैले समान किसिमको सशिक्षा प्राप्त गर्न पाउँछन् । सबैले न्याय पाउछन् र अब जताततै शान्ति हुन्छ । सम्पूर्ण नेपाली जनता आर्थिक रुपले सबल हुन्छ, भन्ने सोचका कारण सबै नेपाली हर्षित भए उत्साहित भए । तर देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको ८÷९ वर्ष भइसक्दा पनि संविधान आउन सकेको छैन् । कतै लोकतान्त्रिक गणतन्त्रलाई जन्म दिने खास आमा जन्म दिए लगत्तै पलायन भएकी त होइनन् ? कतै एउटी बाँझीले नक्कली आमा बनेर लोकतान्त्रिक गणतन्त्रकी खास आमा मै हुँ भनेकी त होइनन् ? गणतन्त्रको स्याहारसुसारको निम्ति अत्यन्त राम्रो र महंगो पौष्टिक आहारहरुको व्यवस्था भइराखेको छ । मजासँग ती पौष्टिक आहारको सेवन गरिराखेकी छन् । गणतन्त्रकी आमा भनेर उनलाई राम्रो खानाको अतिरिक्त बस्न र हिडँडुल गर्न ठूलो धनराशी खर्च गरी सुविधा प्रदान गर्ने काम जारी नै छ । तर किन ती आमा दिनप्रतिदिन मोटाउँदै छिन् ? शीशु गणतन्त्र भने दिनप्रतिदिन दुब्लाउँदै छ कतै गणतन्त्रलाई दुध खुवाएको जस्तो बहाना त भएरहेको छैन ? वास्तविक कुरा गणतन्त्र प्रेमीहरुलाई थाहा नभएको त होइन ? गणतन्त्र दुब्लायो भन्ने पीर सबैले मानेका छन् । कतै गणतन्त्रकी नक्कली आमा बनेर गणतन्त्रको ठूलो सेवा गरेको बहाना त गरेकी छैनन् ?
१९ दिने जनआन्दोलनले देशमा लोकतन्त्रको स्थापना भएपछि सम्पुर्ण नेपाली जनताले चाहेको रोजगारी समस्या, शान्ति र विकास हुन्छ भनेर हर्षित र आनन्दित भएका थिए तर माघ ५ गते राति संसद भवनमा भएको बाँदर प्रवृतिबाट जनताहरु निराश भएका छन् । बिडम्बना देशमा केहि परिवर्तन हुन सकेको छैन् । अब त सबै नेपाली जनता यी कायर नेताबाट कुनै पनि खालको आशा नराख्दा नै वेश हुन्छ ।
लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नेपाली जनताका इच्छा आंकाक्षा पुरा गर्नका लागि र नेपाली जनता शक्तिशाली भएर बाँच्न गणतन्त्रका लागि भनेर ठूला–ठूला महल बनाइएका छन्, चिल्ला कारहरु किनिएका छन् नेपाली जनतालाई गुणात्मक र व्यवहारिक शिक्षा दिनका निम्ति महंगा निजी स्कुल कलेज पनि खोलिएका छन् । गणतन्त्रकै हितका निम्ति विभिन्न कार्यालयहरु खोलिएका छन् । गणतन्त्रको हितको निम्ति भए गरेका कार्यले गणतन्त्रको हित हुन सकिरहेको छैन ? कतै सबै सुविधाहरु गणतन्त्रलाई मागी खाने भाँडो बनाएर अरुले उपयोग गरिरहेका त छैनन् ? माघ ८ अर्थात संविधानसभाको चुनाव हुने भनिएको दिन पनि बितिसकेको छ । गणतन्त्र स्थापनाको ८/९ वर्ष बितिसक्दा पनि स्थानीय निकायको चुनाव हुन सकिरहेको छैन् । संविधानको संरक्षण गर्ने निहुँमा ठुला– ठुला भ्रष्टाचार भइरहेका छन् । पुराना सामन्तहरु उच्च बन्दै गए, साधारण जनताहरु अन्यायका सिकार भइरहेका छन् । सीमित व्यक्तिहरुले मात्र अमन चयन भोगिरहेका छन् र देशमा विकासको सट्टा विनाश भैरहेको छ । गरिब झन गरिब र धनी झन् धनी भैरहेका छन् ।
१९ दिने जनआन्दोलनले देशमा लोकतन्त्रको स्थापना भएपछि सम्पुर्ण नेपाली जनताले चाहेको रोजगारी समस्या, शान्ति र विकास हुन्छ भनेर हर्षित र आनन्दित भएका थिए तर माघ ५ गते राति संसद भवनमा भएको बाँदर प्रवृतिबाट जनताहरु निराश भएका छन् । बिडम्बना देशमा केहि परिवर्तन हुन सकेको छैन् । अब त सबै नेपाली जनता यी कायर नेताबाट कुनै पनि खालको आशा नराख्दा नै वेश हुन्छ ।
नेपाल आफैमा प्राकृतिक जैविक विविधताले भरिपुर्ण देशहरु मध्ये प्रमुख स्थान ओगट्न सक्छ तर अहिलेका कायर नेताहरु जुत्ता र कोट टल्काएर चिल्ला गाडिमा घुम्न र पाँचतारे होटल र संसद भवनमा मोजमस्ती र एक आपसमा झै–झगडा गर्न मै व्यस्त छन् । अब त आम नेपाली जनताले जसरी राजनीतिक क्रान्तिले देशमा २४० बर्षे निरकुंश राजतन्त्रको अन्त्य भएर सार्वभौम सम्पन्न नेपाल र नेपाली बनायो । त्यसैगरी आर्थिक क्रान्तिले मात्र गरिबी र बेरोजगारीको समस्या अन्त्य गराई सबल र सक्षम नेपाल निर्माण गर्न सकिनेछ । त्यसका लागि हामीसँग भएका प्राकृतिक सम्पदा जुन विश्वमै अत्यन्तै महत्वका साथ माग भैरहेका वस्तु जल, जमिन, जडिबुटी, जंगल र जनावरहरु जस्ता प्राकृतिक सम्पदाहरुलाई हरेक नेपालीले यसको महत्व बुझ्दै, विश्वबजार सम्म पुर्याउने महान उद्देश्यका साथ समाजका सम्पुर्ण न्यायप्रेमी, कर्मठ, स्वाभिमानी, नागरिकले यी कायर नेतालाई दोष दिँदै समय खेर नफालौ अब ढिला नगरी यो महान उद्देश्यका साथ हाम्रा अमूल्य वस्तुलाई विश्व बजारसम्म पुर्याई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याई सबल र सक्षम नेपाल र नेपाली भएर बाँच्न सकियो भने पक्कै पनि लोकतान्त्रिक गणतन्त्रलाई सदा जोगाई राख्न सकिने छ, नेपाल र नेपालीको चाहना आर्थिक क्रान्तिको स्थापना भन्ने नारालाई सफल पार्न सकिनेछ भन्ने दृढ विश्वासका साथ आम नेपाली अग्रसर बनौ ।














प्रतिक्रिया