२९ आश्विन २०८३, बिहिबार

कार्टुनमा राष्ट्रपतिको ‘जुँगा’ बनाएपछि पाँच वर्ष जेल !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinese artist detained over Xi Jinping 'anus face' portraits

चीन । चीनका राष्ट्रपति सी जिनपिंग कहिल्यै पनि मुखमा जुँगा राख्दैनन् । तर एक चित्रकारले उनको जुँगा वाल ‘मजाकिया कार्टुन’ बनाएर सार्वजनिक गरेका छन् । शङघाईका कार्टुनिस्ट दाई जियान्योंगले यस्तो कार्टुन बनाएपछि प्रहरीले गिरफ्तार गरेको छ ।

चीनको मानवअधिकार रक्षक संस्था सीएचआरडीले यो जानकारी दिएको हो । चित्रकार दाईले एक कार्टून श्रृंखला बनाएका थिए । जसको शीर्षक ‘चरीसंथेमम फेस’ राखेका थिए । चीनको भाषामा यसलाई अभद्र शब्द मानिन्छ ।

समाचार एजेन्सी एफीका अनुसार, दाईले फोटोशपमा तस्वीरहरु तयार गरेका छन् । यीनीहरुमा एक तस्वीरमा जुँगा भएको राष्ट्रपति जिनपिंगले टी-शर्ट लगाएका छन् । उनको एक हातमा मेंसूटकेस र दोस्रो हातमा कोक कैन छ । यो तस्वीर चित्रकारले इण्टरनेटमा सार्वजनिक गरे । जो उनको लागि आपत बन्यो

कार्टुनिस्ट दाईमाथि देशको शान्ति भंग गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । जसबाट उनलाई पाँच वर्षको जेल सजायँ हुनसक्छ । एजेन्सी