१६ कार्तिक २०८३, सोमबार

भूकम्पपीडितलाई मुआब्जा दिन्छौं : उपप्रधानमन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singललितपुर, १५ जेठ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै मिलेर भूकम्पका भग्नावशेष हटाउने कार्य छिटो गरिनुपर्नेमा जोड दिनुभएको छ ।

ललितपुर उपमहानगरपालिका, हरिसिद्धिका वडा नं २८, २९ र ३० को आज बिहान निरीक्षण गर्दै उहाँले पुस्तौँदेखि बस्दै आएका तर लालपुर्जा नभएका स्थानीयवासीको समस्या समाधानका लागि छलफलबाट उचित निष्कर्ष निकाल्ने आश्वासन दिनुभयो ।

स्थानीय विकासमन्त्री सिंहले मुआब्जा सम्बन्धमा छिट्टै नीति ल्याई समाधान गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उक्त वडाका सचिव सानुबाबु सिलवालले हरिसिद्धिमा अस्थायी शिविर निर्माणलगायत अन्य प्रयोजनका लागि तत्काल रु ५० लाख माग गर्नुभयो ।

उहाँले गोदावरी नगरपालिकाभित्र पर्ने ठैव क्षेत्रको समेत निरीक्षण गर्नुभएको थियो । सो अवसरमा अस्थायी बासस्थानका लागि सरकारले उपलब्ध गराउने भनिएको रु १५ हजार नपुग हुने स्थानीयवासी वीरेन्द्र महर्जनले बताउनुभयो । रासस