काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा भइरहेको सरसफाइ अभियानमा सहभागिता जनाउनुभएको छ ।
भूकम्पबाट पूर्ण रुपमा क्षति भएका त्यस क्षेत्रको पुरातात्विक मठ, मन्दिर, देवालय र दरबारबाट निस्किएका फोहर हटाएर सरसफाइ गर्ने कार्य तीव्रताका साथ भइरहेका बेला प्रधानमन्त्री कोइरालाले गणतन्त्र दिवसमा सो क्षेत्रमा सरसफाइ गर्नुभएको हो ।
सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाले प्राथमिकताका साथ काम गर्दै आएका छन् ।
सरसफाइमा भाग लिने क्रममा प्रधानमन्त्री कोइरालाले वसन्तपुर दरबार, हनुमानढोका, नरसिंह चोक, कुमारी घरसमेतको अवलोकन गर्नुभएको थियो ।













प्रतिक्रिया