२९ आश्विन २०८३, बिहिबार

कोरियामा एक नेपालीको रहस्यमय ढंगबाट मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

flag-of-Korea-EPS

– सज्जनकुमार सिंह

सोल । इपिएस प्रणाली मार्फत दक्षिण कोरिया आएका एक नेपालीको रहस्यमय ढंगबाट मृत्यु भएको छ ।

राति राम्रै सुतेका ताप्लेजुङका ३३ वर्षीय मोतीलाल आङदेङ्वे बिहना मृत अवस्थामा फेला परेका हुन् ।

साढे २ वर्ष पहिले कोरिया आएका आङदेङ्वे नाम्येङ सागरी स्थित आल्मुनियम कम्पनीमा कार्यरत थिए । आफ्नै कोठमा सुतेका उनलाई साथीहरुले विहान उनकै कोठामा पुगी उठाउन खोज्दा मृत अवस्थामा फेला परेका थिए ।

घटना बारे सामान्य जानकारी आए पनि पुर्ण विवरण आइ नसकेको दुतावासका श्रम सहचारी अनिल गुरुङले बताए । हृदयघातको कारण आङदेङ्वेको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

गत हप्ता बागलुङका तेजराज कँडेल पनि झुण्डिएको अबस्थामा फेला परेका थिए । कँडेलको शव भने नेपाल पठाइसकेको दुतावासले जनाएको छ ।