२९ आश्विन २०८३, बिहिबार

यसरी गर्न सकिन्छ क्रिकेटको विकास : कप्तान पारस खड्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paras-khakda

काठमाडौँ, १५ जेठ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटको विकासका लागि सरकारले नयाँ कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपद्वारा विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कप्तान पारसले नयाँ योजनाले खेलाडीको क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभएको हो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव युवराज लामाले गरेको क्रिकेट विकास बोर्ड गठन गर्न प्रस्तावमा कप्तान पारसले क्रिकेट खेल र खेलाडीको विकास हुने विश्वास व्यक्त गर्नुभयो । क्रिकेट विकास बोर्ड गठन गरेरै क्रिकेट विकास गर्न सकिने पारसको भनाई छ ।

सदस्य सचिव लामाले नेपाल क्रिकेट सङ्घ (क्यान)मा भइरहेको विवाद समाधानको साथै क्रिकेट खेलको विकास र विस्तारका लागि पनि क्रिकेट विकास बोर्ड गठन गर्नुपर्ने भनाइ व्यक्त गर्नुभएको थियो ।

उहाँले सरकारको मातहतमा गठन गरिने उक्त बोर्ड ‘नेपाल क्रिकेट विकास बोर्ड’ नामकरण गरिने प्रस्ताव राखिने बताउनुभयो । उक्त बोर्डमा २४ जना सदस्य नियुक्त गरिनेछ ।

उहाँले उक्त प्रस्तावमा कानुनी समस्या नभएको बताउँदै प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएमा क्रिकेट खेल र खेलाडीको समस्या पूर्णरुपमा समाधान हुने विचार व्यक्त गर्नुभएको थियो ।