३ कार्तिक २०८३, मंगलबार

यसकारण रोकियो प्रधानमन्त्रीको भारत भ्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Address on Garibi Ghar Paichan Board

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले यसै महिनाको अन्तिम साता गर्ने भनिएको भारत भ्रमण स्थगित भएको छ ।

नयाँदिल्लीस्थित दक्षिणएसियाली विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री कोइराला भारत जान लागेका थिए । विश्वविद्यालयले दीक्षान्त समारोह स्थगित गरेपछि प्रधानमन्त्रीको भारत भ्रमण रोकिएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रधानमन्त्रीको भ्रमण औपचारिक बनाउन नेपाल र भारत सरकारबीच गृहकार्य भए पनि विश्वविद्यालयले आन्तरिक कारण देखाउँदै समारोह एक वर्षलाई सारेको हो । प्रधानमन्त्री जेठ २५ गते भारत जाने तय भएको छ ।