३ कार्तिक २०८३, मंगलबार

हराएको ५० लाख किलो चामल यसरी भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chaman Nepal Riceकाठमाडौं, १५ जेठ । एक दिनअघिसम्म आफ्नो विवरणमा ५ हजार मेट्रिक टन (५० लाख केजी) कम चामल देखाइरहेको गृह मन्त्रालयले बिहीबार रातारात तथ्यांक सच्याएको छ ।

दुई साताअघि बंगलादेशबाट भित्रिएको १० हजार मेट्रिक टन (एक करोड केजी) चामलमध्ये आधा मात्र देखाउनुलाई गृहले मिस कम्युनिकेसन भनेको छ ।

यो घटनामा उसले आफैं यसबारे केही नभनी आपूर्ति मन्त्रालयलाई पत्रकार सम्मेलन गर्न दबाब दिएको थियो ।

‘मिस कम्युनिकेसन भएको हो । मैले बिहीबार अखबार पढेर मात्र थाहा पाएँ । यो दुविधा कसरी सिर्जना भयो थाहा छैन । बंगलादेशबाट १० हजार मेट्रिक टन चामल नै आएको हो,’ गृहमन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले भने,‘कहाँबाट के आयो सबै हेर्ने काम गृहको मात्र होइन, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि हो ।’