काठमाडौं, १५ जेठ । हेलिकप्टरबाट बेपत्ता भएकाको खोजी गर्न डीएनएलगायत परीक्षणका लागि अमेरिकी र नेपाली सेनाका चिकित्सकहरुले बिहीबार परिवारजनको र्यालको नमूना संकलन गरेका छन् ।
बैशाख २९ को भूकम्पमा घाइते भएपछि सिंगटीबाट अमेरिकी हेलिकप्टर चढाइएको भनिएका ५ जना बेपत्ता भएपछि आफन्तको र्यालको नमूना संकलन गरिएको कान्तिपुर दैनिकले छापेको छ ।
सेनाको बर्दबहादुर गण चरिकोटमा बिहीबार करिब २ बजे हेलिकप्टरबाट आएको नेपाली सेना र अमेरिकी मरिन कर्प्सको एक कर्णेल महिला डाइक्र्स सहितका चिकित्सले ५ जनाको परिवारको नमूना संकलन गरेको हो । संकलित र्याललाई नेपाली सैनिकसहित शुक्रबार अमेरिका लगिने जानकारी दिइएको छ ।
वैशाख २९ गतेको विनाशकारी भूकम्पपछि उद्धारका लागि दोलखा गएको अमेरिकी सेनाको युएच– वाई हुवे हेलिकप्टर दिउास साढे २ बजे सुनाखानी इलाकाबाट सम्पर्कविहीन भएको थियो । खोजतलास गर्दा जेष्ठ १ गते सिन्धुपाल्चोक र दोलखाको सीमामा पर्ने कालिन्चोक डााडाको उत्तरपूर्वी दिशातर्फ करिव ११ हजार २ सय फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनास्थलमा हेलिकप्टर र शब टुक्राटुक्रा अवस्थामा थिए ।
बेपत्ता घाइतेका आफन्तजनले सिंगटीबाट वैशाख २९ मा २ बजेतिर आएको अमेरिकी हेलिकप्टरमा ५ घाइते चढाएको तर अहिलेसम्म सम्पर्कविहीन भएको बताउादै आएका छन् । त्यसरी हराएका घाइतेमा लादुक ७ चित्रेका ध्रुव कटवाल, लोकबहादुर कटवाल, शिव खत्री, यमबहादुर खत्री र लामिडाँडा गाविसकी सावित्री सिवाकोटी छन् । सेनाले कतै ती घाइते दुर्घटनाग्रस्त हुवेमै थिए कि भनेर डीएनए परीक्षणका लागि आफन्तको र्यालको नमूना लिएको हो । डीएनएपछि सबै तथ्य स्पष्ट हुने सैन्य प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले जानकारी दिए ।
अमेरिकी हेलिकप्टर नै चढाएको आफन्तजनको भनाई उद्धृत गर्दैसमाचार प्रकाशित भएपछि सेनाले थप अनुसन्धान थालेको हो । अनुसन्धानका लागि जेठ ११ मा गएको सैनिक टोलीले थप मानव अस्थिपन्जर ल्याएको थियो । यसबारे पनि समाचार प्रकाशित भएप सेनाले उक्त अस्थिपन्जरको डीनए परीक्षणपछिमात्रै दुर्घटनाग्रस्त अमेरिकी मरिन कप्र्सको युएच–१वाई हुवे हेलिकप्टरमा कतिजना सवार थिए भन्ने तथ्य खुल्ने जनाएको थियो ।
‘थप भेटिएको अस्थिपन्जरको परीक्षण कार्य शुरु गरिएको छ । उक्त अस्थिपन्जर पहिला नै संकलन गरिएको ८ जना (नेपाली सेनाको २ र अमेरिकी मरिन कप्र्सको को ६ जना) सैनिकहरुको हो वा अन्य व्यक्तिहरुको हो भन्ने पहिचान गर्न अमेरिकाको विशेषज्ञ टोलीको सहायता लिई डीएनए परीक्षण तथा संयुक्त अनुसन्धान गरी पत्ता लगाउने प्रक्रिया प्रारम्भ भइसकेको छ,’ निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
सैन्य अधिकारीले बेपत्ताको परिवारलाई जानकारी गराए अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरको शवहरुको परीक्षण गर्दा १२ जनाको हो की भन्ने अनुमान छ । यसअघि प्राप्त शवको आधारमा सेनाले काठमाडौंबाट गएका सैनिकको संख्याका आधारमा नेपाली सेनाका २ र अमेरिकी सेनाका ६ गरी ८ जनाको मृत्यु भएको बताउादै आएको छ ।
सिंगटी आसपासका घाइतेमध्ये पहिलोपटक गएको हेलिकप्टरमा ५ जना चढाइएको थियो । ‘भूकम्पपछि पहिलोपटक आएको हेलिकप्टरमा चढाएर पठाएको घाइतेको अहिलेसम्म अत्तोपत्तो छैन,’ लादुकका प्रकाश केसीले भने । उनले अमेरिकी हेलिकप्टरबाट दुई जना हेलमेट लगाएको विदेशी सेना ओर्लिएर घाइतेलाई चढाएको जानकारी दिए ।
जसले र्यालको नमूना दिए
भाइ हराउँदा न भोक न निद्रा
उमा केसी कटुवाल
मेरो भाइ ध्रुव केसी २९ गतेको भूकम्पले घरमा पुरिएका थिए । करिब आधा घण्टापछि निकाल्दा टाउकामा चोट थियो । त्यसपछि सिंगटी बजारमा हेलिकप्टर आयो र भाइलाई चढाएर पठायौ । त्यसयता दोलखा चरिकोट र उपत्यकालगायत सबै अस्पतालमा खोज्दा पनि उनलाई भेटिएको छैन । अहिलेसम्म नभेट्दा हामीलाई न भोक न निद्रा छ । भाइ खोज्दै हिाडेका हामीलाई आज ९बिहीबार० व्यारेक बोलाइयो । यहाा जिब्रोमा कपास राख्न लगाइयो र फारममा सही गर्न लगाएर पठाइयो ।
सबै अस्पताल चाहर्दा पनि पत्तो लागेन
विश्वास खत्री
बेपत्तामध्ये शीव खत्री (५४ बर्ष) मेरो बुबा हो । म लादुक चित्रेमा थिए । सिंगटीमा घाइते बुबालाई हेलिकप्टरमा पठाएको थाहा पाएा । बैशाख ३० गते बुबा खोज्दै चरिकोट आएा । त्यसपछि धुलीखेल अस्पताल पुगियो । बनेपा, भक्तपुर खोज्दै काठमाडौं र ललितपुरका सबै अस्पताल चहार्दाचहार्दै यत्रो दिन भैसक्यो । बुबाको पत्तो नलागेपछि सेना, सशस्त्र र अमेरिकी शिविरहरुमा समेत पुगियो । घुम्दाघुम्दै हत्तु भैसकियो । बाबुको पत्तो नलागेपछि यहाा आइपुगेका छौ । आज ब्यारेकमा कपास थुकले भिजाएर फर्काइएको छ ।
बुबा हामी तड्पी रहेका छौं
अमिर केसी
लोकबहादुर केसी (५० बर्ष) का मेरा बाबुलाई भूकम्पले हातमा चोट लागेको थियो । म आफैले बुबालाई हेलिकप्टरमा राख्न सघाए । हामीलाई चढ्न नदिएकाले भोलीपल्टदेखि बुबाको खोजीमा दिनरात भौतारिरहेको छुा, कुनै पत्तो छैन् । आर्मीको पोशाक लगाएका २ जना ओर्लिएर चढाएको बुबा अहिलेसम्म कहाा हुनुहुन्छ कसैले टुङ्गो दिन सकेको छैन । हामी तड्पी रहेका छौ ।
बुबा पत्ता नलाग्दा परिवार चिन्तित छौं
रामशरण खत्री
मेरो बुबा यमबहादुर खत्री (५० बर्ष) लामिडाडा—७ सिंगटीमा बस्नुहुन्थ्यो । करङ र हातमा चोट लागेपछि हेलिकप्टरमा उपचार गर्न लगेको थाहा भयो । भोलीपल्टदेखि म पनि बुबाको खोजीमा छु । हालसम्म पत्ता नलागेकाले परिवारमा ठूलो चिन्ता परेको छ । बुबा जहाा भए पनि छिट्टै टुङ्गो दिनुपर्यो ।
केही नभएकी आमालाई हेलिकप्टर चढाउँदा
प्रकाश शिवाकोटी
आमा सावित्री शिवाकोटी (६१ बर्ष) टुकी संघमा काम गर्ने भएकीले भूकम्प पीडितलाई राहतसामाग्री बाड्न सघाउनका लागि लामिडााडा—६ को घरबाट सिंगटी जानु भएको हो । आमालाई केही भएको थिएन । हेलकप्टर आएपछि धुलो छेल्न घोप्टो परेर बसेकाले चढाइएको भन्ने बुझो । खोज्न जति खोज्यौ । अब खोज्दैनौ । फेला पारिदिने काम राज्यको हो । खोजीको क्रममा निकै पैसा खर्च भैसक्यो ।















प्रतिक्रिया