३ कार्तिक २०८३, मंगलबार

सुशीलले नमानेपछि ओली र दाहालको यस्तो छ योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-kp-prachandaकाठमाडौं, १५ जेठ । आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरूप दिन प्रधानमन्त्री सुशील कोइरालाले गरेको प्रस्तावलाई सत्ता साझेदार एमाले र प्रमुख प्रतिपक्षी दलले अस्वीकार गरेका छन्।

प्रमुख प्रतिपक्षी दल एमाओवादीले एमाले अध्यक्ष केपी ओलीलाई भाबी प्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री सुशील कोइरालासमेत सहभागी उच्च तहको राजनीतिक वार्ताका क्रममा प्रस्ताव गरिसकेको छ।

वार्ताका क्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला, कानुनमन्त्री नरहरि आचार्य र बनमन्त्री महेश आचार्य, एमाले अध्यक्ष ओली, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्रीसमेत रहेका उपाध्यक्ष वामदेव गौतम, एमाओवादी अध्यक्ष दाहाल र नेता बाबुराम भट्टराई सहभागी छन्।

संविधानका अन्तरवस्तुमा सहमति, विनासकारी भूकम्पले निम्त्याएको विपत्ति सामना गर्ने राहत प्याकेज र संयुक्त सरकारलाई सँगसँगै टुंग्याउने गरी राजनीतिक दलका नेताहरूको बीचमा भएको वार्ताका क्रममा दाहालले ओलीको प्रस्ताव गरेको अन्नपूर्ण पोष्टले छापेको छ ।