काठमाडौं, १५ जेठ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं युवा उद्यमी निर्वाण चौधरीले आफ्नी प्रेमिका अश्रयता कार्कीसँग सुटुक्क विवाह गरेका छन् ।
गत मे १४ अर्थात वैशाख ३१ गते धमैगुरु श्री श्री रविसंकरको आशीवार्द ग्रहण गर्दै उनीहरु वैवाहिक बन्धनमा बाँधिएको बताइन्छ ।
भारतको बैग्लोरस्थित श्री श्री रविशंकरको ख आर्ट अफ लिभिङ आश्रममा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा उक्त विवाह सम्पन्न भएको साप्ताहिकले छापेको छ ।
निर्वाणले यसअघि गरेको विवाह सफल हुन सकेको थिएन । सन् २००७ मा उनको विवाह भारतीय युवती स्वस्ति मित्तलका साथ भएको थियो ।















प्रतिक्रिया