काठमाडौं, १४ जेठ । विनाशकारी भूकम्प गएको महिना दिनपछि नेपालमा विहीबार मध्यराति फेरि भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार नेपालमा विहीबार राति १० बजेर १६ मिनेटमा चार रेक्टर स्केलको भूकम्प गएको हो ।
मध्यरातिको भूकम्पको केन्द्रविन्दु काठमाडौं नजिकैको जिल्ला सिन्धुपाल्चोक रहेको छ । सिन्धुपाल्चोकसँगै आसपासका जिल्ला तथा काठमाडौंमा समेत भूकम्पको धक्का महसुस भएको छ ।
यसअघि आज दिउँसो काठमाडौंलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पसहित चार वटा भूकम्प गइसकेका छन् । केन्द्रका अनुसार आज मात्रै दोलखामा तीनवटा धक्का महसुस भएका थिए ।












प्रतिक्रिया