१६ कार्तिक २०८३, सोमबार

विनोद चौधरीका जेठा छोरा निर्वाणले दोस्रो विहे गरेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod-Chaudhary

काठमाडौं, १४ जेठ । विश्वकै धनाढ्यहरुको सुचिमा रहेका नेपालका अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले दोस्रो विवाह गरेको खुलासा भएको छ ।

धनाढ्य व्यापारी चौधरीले गत वैशाख ३१ गते भारतको बैंङलौरमा छोराको विहे अत्यन्त गोप्य रुपमा गरिदिएका हुन् । निर्वाणले भारतको बैंङलोरस्थित रवी शंकरको ‘द आर्ट अफ लिभिङ’ आश्रममा नेपाली मुलकी अश्रेता कार्कीसँग सुटुक्क विवाह गरेका हुन् ।

nepal_news1432634700-new_2

बेलायतमा साइन्स पढेकी कार्कीका परिवार लण्डनबासी हुन् । निर्वाणको विवाहमा आफ्न्तलाई मात्रै निम्ता दिइएको थियो । विहेको चर्चा खुबै हुने भएकाले धनाढ्य व्यापारी चौधरीले छोराको विहे सुटुक्क गरिदिएको परिवार स्रोतले बतायो ।

चौधरीका छोरा निर्वाणको पहिलो विवाह सन् २००७ मा भारत प्रतिष्ठित व्यापारीकी छोरी स्वस्ती मित्तलसँग भएको थियो ।

स्वस्तीसँग कुरा नमिलेपछि चार वर्षमै निर्वाणले सम्बन्ध विच्छेद गरेका थिए । स्वस्तीसँग अलग बसेका निर्वाणले अश्रेतासँग दोस्रो विवाह गरेका हुन् । देश भूकम्पको विनाशले रोइरहेका बेला धनाढ्य व्यापारी चौधरीले छोरा विहे सुटुक्क गरिदिए ।