१६ कार्तिक २०८३, सोमबार

राष्ट्रिय सरकारबारे यसो भन्छन् गगन थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CA Member Thapa Delivers Remarks

काठमाडौं, १४ जेठ । विनाशकारी भूकम्पपछि नेपालमा आएको विपत्तिको सामना गर्न दलहरु राष्ट्रिय सहमतिको सरकार गठन गर्न तम्सिरहेका बेला नेपाली कांग्रेसका युवा नेता गगन थापाले फरक धारणा सार्वजनिक गर्नुभएको छ ।

केही नेताहरुले राष्ट्रिय सरकारको नेतृत्व युवा नेताहरुको हातमा सुम्पिनुपर्ने बताइरहेका बेला कांग्रेस नेता थापाले अहिले स्थितीमा राष्ट्रिय सरकारको कुनै आवश्यकता नभएको बताउनुभएको हो ।

अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको सरकार निरकुश र गैरजिम्मेवार हुने भन्दै आफू सहमतिको सरकारको पक्षमा नरहेको नेता थापाले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बताउनुभएको हो ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आफ्ना धारणा राख्दै उहाँले नेपालमा राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने ठोकुवा गर्नुभयो । ‘प्रतिपक्षी विहिन राजनीतिले कुनै नतिजा दिँदैन्,’ उहाँले भन्नुभयो-‘एमाले र एमाओवादी मिलेर सरकार बनाउन खोजे कांग्रेस प्रतिपक्षमा बस्छ ।’

राष्ट्रिय सहमतिको सरकार बनाउँदा प्रतिपक्षी दल नहुँदा सरकारलाई जिम्मेवार बनाउन नसक्ने भन्दै निरकुंश शासनको अवस्था सिर्जना हुने उहाँको भनाई छ ।