काठमाडौं, १४ जेठ । राष्ट्रसंघर अन्तर्राष्ट्रिय दातृ संस्थाहरुले नेपालका भूकम्पपीडितलाई उपलब्ध गराउने भनेको सहयोग राशीबाटै आफ्ना विदेशी कर्मचारीको सुविधा वृद्दि गर्ने भएका छन् ।
नेपालाई उच्च जोखिमको सी स्टेशनमा सूचीकृत गरिएको कान्तिपुर दैनिकले छापेको छ ।
ती निकायले द्धन्द्धकालमा नेपाललाई सी स्टेशन मै राखेका थिए । शान्ति सम्झौतापछि बी स्टेशनमा उकालियो ।
भूकम्पको विनाशलीलापछि राष्ट्रसंघले फेरि सी स्टेशनमा राख्दै आफ्ना निकायलाई परिपत्र गरिसकेको छ ।
त्यसलाई सबैखाले अन्तर्राष्ट्रिय नियोग र संस्थाहरुले अनुसरण गर्ने प्रचलन छ । न्युयोर्क, जेनेभाजस्ता अधिकांश युरोपियन सहर ए स्टेशन हुन् ।
सामान्य अवस्थामा रहँदा काठमाडौं बी स्टेशन हो ।















प्रतिक्रिया