१६ कार्तिक २०८३, सोमबार

भूकम्पबाट काठमाडौंको बानेश्वरमा कुवेत जान लागेका दुई जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidesh-abroadकाठमाडौं, १३ जेठ । वैदेशिक रोजगारीका लागि कुवेत जानको लागि  काठमाडौंको बानेश्वरमा बसिरहेका दुई जनाको विनाशकारी भूकम्पमा परी  मृत्यु भएको कुरा सार्वजनिक भएको छ ।

वैदेशिक रोजगारीका लागि कुवेत जान घरबाट हिँडेका बलुहवा ५ का राजेश यादव र चेतराम तेलीको काठमाडौंमा मृत्यु भएको जिल्ला दैवी प्रकोप उद्धार समिति कपिलबस्तुले बुधबार सार्वजनिक गरेको हो ।  गत बैशाख १२ गतेको भूकम्पमा परी उनीहरुको मृत्यू भए पनि हालै मात्र उक्त तत्यांक सार्वजनिक गरिएको हो ।

बानेश्वरस्थित न्यू जनसेवा गेस्टहाउसको चौथो तलामा बसेका उनीहरुको भूकम्पले घर ढलेर थिच्दा मृत्यु भएको समितिको तथ्याङ्कमा उल्लेख छ । उनीहरुको शवलाई परिवारको जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ ।