२९ आश्विन २०८३, बिहिबार

गर्भवती महिलालाई मोटरसाइकलमा राखेर बलात्कार गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapped

बागलुङ, १३ जेठ । बागलुङमा गर्भवती महिलालाई मोटरसाइकलमा राखेर बलात्कार भएको छ ।

मोटरसाइलमा जंगलमा लगेर बलात्कार गरेपछि बागलुङ हरिचौरका सुमन थापा साढे दुई वर्षको लागि जेलको चिसो छिडीमा पुगेका छन् ।

२८ वर्षिय थापाले हिलकी एक गर्भवती महिलालाई भूसुनीको जंगलमा लगेर बलात्कार गरेका थिए । विगत सात महिनादेखि विचाराधिन रहेको उक्त मुद्दा थापालाई दुई वर्ष ६ महिनाको कैद सजाय सुनाउँदै मंगलबार फैसला भएको हो । बलात्कारपछि पीडित महिलाको उजुरीको आधारमा थापालाइ प्रहरीले पक्राउ गरेको थियो ।

यसरी भएको थियो बलात्कार

थापा २०७१ कात्तिक २९ गते ससुराली पुगेर हिलको घुसमेली बजारबाट हरिचौर घर फर्कदै थिए । त्यसै समय ती गर्भवती महिला नियमित स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य चौकी जाँदै थिईन् ।

थापाले ती महिलालाई आफ्नो मोटरसाइकलमा पुर्‍याइदिने भन्दै मोटर साइकलको पछाडी राखेर दौडाए । स्वास्थ्य परिक्षण पनि सकियो । महिला फर्कने क्रममा थापाले भुसुनीको जंगलमा लगेर जबरजस्ती बलात्कार गरे ।

ती महिलाले दुई दिनपछि मात्र जिल्ला प्रहरी कार्यालय बागलुङमा आफुमाथि बलत्कार भएको भन्दै उजुरी दिएकी थिईन । दोषी ठहरिएका थापाले भने दुबैको मन्जुरीमा शारीरिक सम्बन्ध राखेको दाबी गरेका थिए ।