३० आश्विन २०८३, शुक्रबार

उद्धार कोषमा चार अर्ब बढी सङ्कलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Army Donates Relief Fund to the PM

काठमाडौँ, १३ जेठ । भूकम्पपीडितको सहायताका लागि सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आजसम्ममा रु चार अर्ब एक करोड ६६ लाख ९३ हजार ७३५ सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त कोषमा आज मात्र रु दुई करोड ९१ लाख ३९ हजार ७५८ दाखिला भएको छ ।

स्वदेश तथा विदेशमा रहेका नेपाली तथा व्यावसायिक प्रतिष्ठान र विदेशस्थित नेपाली नियोग गरी १८ वटा संस्थाबाट आज उक्त कोषमा जम्मा त्यति रकम जम्मा भएको हो । कोषमा सहायता रकम प्राप्त हुने क्रम जारी रहेको उक्त कार्यालयले जनाएको छ । रासस