काठमाडौं, १३ जेठ । काठमाडौं बौद्धका दुर्गानाथ दाहालको घरमा ६ परिवार बहालमा बस्छन् ।
घर बहालवापत दाहालले मासिक ४० हजार रुपैयाँ आम्दानी गर्छन् । तर भूकम्पपछि दाहालले आफ्नो घरमा बस्ने सबै परिवारको वैशाख महिनाको भाडा मिनाह गरिदिएका छन् ।
काठमाडौं मनमैजुकी भवानी खतिवडाले पनि आफ्नो घरमा बस्दै आएका ५ परिवारसँग भाडा लिइनन् । काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका घरबेटीले घरबहालमा बस्नेको घरभाडा मिनाहा गर्न थालेको नागरिक दैनिकले छापेको छ ।















प्रतिक्रिया