१६ कार्तिक २०८३, सोमबार

‘सहमतिको सरकार काँग्रेसकै हातमा हुनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramchandra_poudel

– सन्दिप भट्ट

चितवन, १३ जेठ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्ने बताउनुभएको छ ।

देश विपत्तिमा परेको बेला मिलेर सामना गर्न राष्ट्रिय सरकारको विषय उठ्नु स्वभाविक भएको बताउँदै पौडेलले गम्भिरता पूर्वक यस विषयमा सर्वदलीय समितिको बैठकमा समेत कुरा नउठेको स्पष्ट पारे ।

‘सर्वदलिय समितिको बैठकमा सामान्य रुपमा मात्रै कुरा उठेको हो ।’ पौडेलले भने,‘राष्ट्रिय सरकारको विषयमा कुराहरु उठेपनि पहिले त संविधान निर्माणको विषय हाम्रो अगाडि छ । संविधान निर्माणको विषयमा सहमति गर्नु पहिलो आवश्यकता हो ।’

संविधान निर्माण र स्थानिय निकायको निर्वाचनको विषयमा सहमति भएर संविधान निर्माण गरेपछि मात्र सहमतिको सरकारको कुरा अगाडि आउने बताए ।

राहत वितरणको काममा सरकारी पक्षबाट भन्दा गैरसरकारी पक्षबाट गरेको कार्य प्रभावकारी भएको कुरा आएको छ नि ? भन्ने पत्रकारको जिज्ञासाको खण्डन गर्दै एउटा जिल्लामा वर्षिक रुपमा एउटा एनजिओ वा आइएनजिओबाट जाने रकम र ति संघ संस्थाहरुले गर्ने काम कार्वाही र एउटा गाविसबाट गरिने काम कावार्हहीलाई हेरेर मुल्याङ्कन गर्न आग्रह गरे ।

गाविसमा पुगेको बजेटले स्कुल, खानेपानी, बाटो, गाविस भवन निर्माण, लगायतका कुराहरुमा प्रयोगमा आउने भएपनि विभिन्न गैसरकारी संघ संस्थाहरुले गरेका काम कहींकतै सरकारी सेवाको तुलनामा आउन नसक्ने वताए ।